नक्सा पास नगरी स्कुलको भवन व्यापारिक प्रयोजनका लागि निर्माण, वडाध्यक्षको गैरजिम्मेवारी जवाफ–‘सबै कुरा मलाई थाहा हुन्छ ?’

इटहरी । इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा निर्माणाधिन रहेको भवन नक्सा पास नै नगरी बनाईएको पाईएको छ । बिद्यालयले केही समययता मात्र निर्माण कार्य सुरू गरेको शौचालय सहितको प्राविधिक कक्षा निर्माण भनिएपनि व्यापारिक प्रयोजनको भवन नक्सा पास नगरी निर्माण सुरु गरिएको पाईएको हो । भवन निर्माण आचारसंहिता उल्लंघन गरी भवन निर्माण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक भैरव सापकोटाले अहिलेसम्म कुनै पनि सामुदायिक विद्यालयका भवन नक्सा पास नभएको प्रतिक्रिया दिए । उनले राजधानीसँग भने, ‘प्राविधिक धारको कोठाका लागि बन्दै आएको भवन हो यो, अहिलेसम्म कुनै पनि सरकारी स्कुलका भवन नक्सा पास छैनन् ।’ उनले नक्सा पास गर्न नपर्ने भन्दै पन्छिए । कति क्षेत्रफलमा बन्दैछ भन्ने प्रश्नमा सापकोटाले बेवास्ता गर्दै भने, ‘खोई ठ्याक्कै क्षेत्रफल त हेरेको छैन, ८–१० धुरमा होला ।’ व्यापारिक प्रयोजनमा पनि छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘पछि भाडामा लगाउँनेगरी पनि भन्ने कुरा चैँ छ, नक्सा पासको सन्र्दभमा भने प्राइभेट स्कुललाई मात्रै हो, यो सामुदायिकमा पर्दैन ।’ उनले सामुदायिक विद्यालयमा नक्सा पास गर्न नपर्ने भन्दै बेवास्ता गरे ।

स्थानीयका अनुसार भने सूचना टाँस, टेन्डर आह्वान बिना नै ठेक्का लगाएर काम धमाधम निर्माणाधिन अवस्थामा रहेको छ । अहिले उक्त बिद्यालयले ४ वटा सटर निर्माण गरी २ वटामा भाडा लगाइसकेको छ । तर, विद्यालय प्रशासनले भने व्यापारिक प्रयोजनका लागि सोचेको तर भाडामा नलगाएको जनाएको छ ।
यता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनुलाल चौधरीले ज्योती माविको कुनै पनि भवन नक्सा पास नभएको प्रतिक्रिया दिए । उनले टेलिफोन सम्पर्कमा भने, ‘हाम्रो विद्यालयको कुनै पनि भवनको नक्सा पास भएको छैन र हुँदैन पनि ।’ उनले नक्सा पास गर्नका लागि कानुनी रुपमा धनीपुर्जा हुनुपर्ने र आँफूहरुसँग विद्यालयको जग्गाको धनीपुर्जा नरहेको उनले बताए ।

उता, इटहरी ५ का वडाध्यक्ष कल्याण बहादुर कार्कीले भने ऐलानी जग्गामा भवन बनेका कारण नक्सा पास नभएको बताए । उनले भने, ‘५ नम्बर वडाको ’boutमा सबै मलाई थाहा हुन्छ, कसले के गर्छ ?’ उनले ज्योती माविको ’boutमा प्रश्न गर्दा सबै कुरा आँफूलाई थाहा नहुने भन्दै पन्छिए । ‘मलाई अहिलेसम्म ऐलानी जग्गाको ’boutमा नक्सा पास भएको थाहा छैन ।’ उनले उक्त विद्यालय भएको ठाउँमा एक कठ्ठा जग्गा नम्बरी रहेको र अरु बाँकी पैनीको जग्गा भएको प्रतिक्रिया दिए । ‘वडामा हामीलाई सोधेर सबै काम हुन्छ भन्ने छैन,’ उनले गैरजिम्मेवारी रुपमा भने, ‘मलाई सबै कुरा थाहा हुन्छ भन्ने पनि छैन, इटहरी ५ मा के–के कहाँ छन् मलाई थाहा हुन्छ ?’ उनले गैरजिम्मेवार तरिकाले जवाफ दिदैँ आँफूलाई सबै कुरा थाहा नहुने बताए । इटहरी ५ मा करीब ४ देखि ५ सय बढी घर ऐलानी जग्गामा निर्माण भएको उनको भनाई रहेको थियो ।

यता, इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले भने नीति नियम अनुसार अनिवार्य रुपमा नक्सा पास हुनुपर्ने बताए । उनले भने, ‘नियम अनुसार अनिवार्य रुपमा जुनै संरचनाको पनि नक्सा पास हुनपर्छ, नक्सा पास छैन भने हामी त्यसको प्रक्रियामा जान्छौँ ।’ उनले नियम अनुसार ऐलानी जग्गामा कुनै पनि संरचना बनाउँन नपाईने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 507 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम