आर्थिक विकासमा महिलाको भूमिका

ग्रामीण मात्र नभई सहरी इलाकामा समेत छरिएर रहेका ससाना रकमलाई संकलन गरी ठूलो पुँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । आज हरेक समूहका नाममा स्थापित संस्थाले गर्ने कार्यलाई सहकारीका नामले पनि बढी चिनिने गरिन्छ । आमा, महिलालगायतका अनेकौं नाममा खुलेका हजारौंका संख्यामा रहेका वैधानिक संस्थाबाट हाम्रो समाजमा आर्थिक क्रियाकलाप सुचारू भएको छ । महिला नेतृत्वको विकास पुँजीको सदुपयोग मात्र नगरी अनि सानो रकमलाई ठूलो पुँजीको रूपमा विकास गर्दै विविध व्यवसाय सञ्चालन गरेका छन् ।यस्तो कार्यले रोजगारी नेतृत्व विकास बचत गर्ने बानीको विकास आपसमा सहकार्य सहयोग गर्दै समृद्ध बन्ने बाटोमा लागेका महिला वास्तवमा आर्थिक क्षेत्रको उत्थानमा महत्वपूर्ण हुन् ।

उद्यमशीलताको विकास चानचुने काम होइन । त्यसकै लागि राज्यले करोडौं खर्च समेत गर्ने गरेकै छ । सीप विकासका लागि ग्रामीण क्षेत्र प्राथमिकतामा राखिने भएकाले पनि ग्रामीण क्षेत्रमा महिला विकासका अनेकौ सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । आफ्नो ’round भएका स्थानीय तहभित्रका साधन र स्रोतको परिचालन गर्दै अनेकौं सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । आफ्नो ’round भएका स्थानीय तहभित्रका साधन स्रोतको परिचालन गर्दै अनेकौं व्यवसाय सञ्चालनमा आएका छन् । व्यवसायले अन्ततः नाफा प्राप्त गरी आर्थिक रूपले सबल बन्ने प्रक्रियाको आधार निर्माण गर्छ । तितौरा, आलुचिप्स, सेनेटरीप्याड, दालमोठ मैनबत्ती साबुन बुनाइ सिलाइलगायत सयौं प्रकारका सीपमूलक व्यवसायले महिला सशक्तीकरणमा पनि टेवा पु¥याएको हुन्छ ।

वास्तवमा घरायसी काम गरेर पनि समय निकाल्दै मासिक बैठक ब्याज तथा साँवा फिर्ता संकलन गरी व्यवस्थित र उत्पादनमुखी कार्यमा लगाउने कार्य आफंैमा चुनौतीपूर्ण हुँदै छ । पुरुषप्रधान समाजमा महिला घर बाहिर निस्किएर आ–आफ्ना व्यवसायमा संलग्न र सक्रिय रहँदै जीविकोपार्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हरहिसाबले सकारात्मक र आर्थिक विकासका लागि ज्यादै प्रशंसायोग्य कार्य पनि हो । आफूलाई केही रकम आवश्यक पर्दा तत्कालै लिन पाइने घरमा आवश्यक पर्ने दैनिकी खर्चको जोहो हुन्छ । बालबालिकाले पढेन लेख्नका लागि कापी, कलम, किताब आदिको प्रयोगमा समूहको नियमानुसार लिई त्यसलाई दुईवटा मात्र उन्नतजातका पाठी खरिद गरेर पाल्दा एक वर्षमा एक डेढ लाख बनाउने महिला असंख्य भेटिन्छन् । कृषि र व्यवसाय एउटै सिक्काका दुईपाटा हुन् भन्ने बुझेर पनि हामी त्यसलाई स्वीकार गरिरहेका छैनौं । यी तीनवटा पक्ष हरेक उत्पादन गर्ने संस्थाले ख्याल गरेका हुन्छन् । समाजको विशेषता नै परिवर्तनशीलता भएकाले अपेक्षा पनि बदलिन्छन् । समाजमा नवीन परिवेशको सिर्जना हुन्छ । मानवले पनि परिवेश अनुकूलका आवश्यकता पूरा गर्न चाहन्छन् ।

बालबालिका पढाउन लेखाउन गाउँमा महिला समूहको नियमानुसार रकम लिई उन्नत जातका बाख्रा पालेर वर्षमा एक डेढ लाख कमाउने महिला असंख्य भेटिन्छन्

हाम्रो समाजमा रहेका आर्थिक अवस्थाको नियन्त्रण नियमित र निर्देशित गर्न पनि आर्थिक संस्था गठन गरिएका हुन्छन् । प्रत्येक आर्थिक संस्थामा निश्चित पद्धति सिद्धान्त व्यवहार र आदर्श रहन्छन् । यसैबाट समाजमा आर्थिक व्यवहार हुनेगर्छ । आयआर्जनको लागि काम गर्ने संस्था पनि औपचारिक र अनौपचापरिक हुन्छन् । सामान्यतः अनौपचारिक संस्था भन्नाले घर परिवारमा गरिने कार्यलाई बुझिन्छ । जहाँ कार्य गरेबापत ज्याला वा पारिश्रमिक पाइँदैन । औपचारिक भन्नाले बैंक तथा वित्तीय संस्था सरकारी तथा गैरसरकारी कार्य पर्छन् । यस्ता संस्थामा काम गरेपछि निश्चित रकम बोनस सञ्चयकोष जस्ता विविध शीर्षकमा सुविधा र पारिश्रमिक पाइन्छ ।

सरल ढंगले बुझ्ने हो भने पनि सामूहिक कार्य आफैंमा प्रभावकारी र हरेकले जिम्मेवारीबोध गर्ने हुन्छ । त्यसैले साझेदारी व्यवसाय फुटाउने गरेका दृष्टान्त पर्याप्त पाइन्छन् । राज्यले पनि विभिन्न क्षेत्र साझेदारी कार्यक्रममार्फत कार्यहरू गरेका छन् । वन र वातावरण संरक्षणमा संघ र केन्द्रप्रदेश र स्थानीय तहमा कार्य हुने गरेका छन् । हामी हाल १४आंै योजना समाप्त गरी १५आंै योजनाका उत्तरार्थतिर लम्किरहेका छौं । योजनाका साथ गरिने कार्य प्रभावकारी नतिजामुखी र निश्चित समय मात्र चल्ने हुन्छन् । संयुक्त राष्ट्रसंघको महासभाबाट सर्वसम्मत रूपमा सन् १९३० सम्म हासिल गरिसक्ने प्रतिबद्धता गरिएका दिगोविकासका लक्ष्य पनि निर्धारण गरिएका छन् ।

वर्तमान समयमा प्रादेशिक र स्थानीय तहसम्म विकास व्यवस्थापनको क्षमता बढाउँदै सबै तहमा जवाफदेही स्वच्छ र प्रभावकारी विकास प्रशासन कायम गर्नु महत्वपूर्ण रणनीतिको रूपमा रहेको छ । यसलाई कार्यान्वयन गर्न सकियो भने आर्थिक वृद्धि भई समग्रमा गरिबी निवारण गर्न सहयोग पुग्छ । महिलाबाट सञ्चालित सबै संस्थामा स्थानीयदेखि संघसंस्थाले उत्प्रेरणा जगाउने कार्य गर्नुपर्छ । सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य भनेर परिचित हाम्रो देशमा गरिबीको निवारणमा क्रमिक रूपले प्रर्याप्त काम गर्नुपर्ने देखिन्छ । जुन कामका लागि स्थानीय स्तरमा महिला सहभागिता महिला सशक्तीकरण र महिला नेतृत्वका साथ आर्थिक सबलता हासिल गर्नुपर्छ । जसका लागि हकअधिकार समाज संस्कृति मूल्य मान्यता र परिवेश सबै तत्वलाई गम्भीरतापूर्वक मनन गरी आय आर्जन रोजगारी र पुँजी संकलनमा जोड दिनुपर्छ ।

महिला तथा बालबालिका मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन भएको पनि दुईदशक बितिसक्यो । अझै पनि समाजमा महिला भनेका दोस्रो दर्जाका नागरिक हुन् भनेर भन्ने सोच प्रभावकारी नै छ । शिक्षित सीपयुक्त र दक्ष जनशक्तिका रूपमा वित्तीय संस्था विश्व विद्यालय विद्यालयलगायत निजी क्षेत्रका अधिकांश कार्यालयमा महिलाको उपस्थिति वृद्धि भएको देखिन्छ । मूलतः आरक्षण र समावेशीताको सिद्धान्तलाई अंगिकार गरेपछि महिलाको सहभागिता विकासका क्षेत्रदेखि अन्य स्वास्थ्य शिक्षा वित्तीय संस्थामा बढेर गएको देखिन्छ । मानवलाई सर्वप्रथम आर्थिक रूपमा सबल बनाउनुपर्ने हुन्छ ।

कागजका चित्रकलामा रङ भर्ने थाङका, पौभा, मिथिलालगायतका अनेकांै कलाका माध्यमले रोजगारी बनेर मनग्यै आम्दानी गर्न ठूलो लगानीको खाँचो पर्दैन

आर्थिक रूपले सक्षम भएपछि मात्र अन्य क्षेत्रमा जाने मार्ग सुगम बन्ने रहेछ । त्यसैले आर्थिक पक्ष बलियो बनाउन छरिएर रहेका नगदलाई संकलन गरी उत्पादनका क्षेत्रमा आफ्नै समाजमा रहेका सीपको उपयोगबाट आयआर्जन गर्न सकिएकाले नै सहकारी फस्टाउँदै गएको हो । आर्थिक हिसाबमा मजबुत भएपछि शिक्षा स्वास्थ्य सञ्चार पोषणलगायतका सबै क्षेत्रमा सहज पहुँच पुग्छ । सामान्य कार्यका लागि पनि ठूलो रकम खर्चनुपर्ने अवस्था छ । एक जना श्रमिकको ज्याला हजारदेखि १५ सयसम्मलाई न्यूनतम भन्नुपर्ने भएको छ । घर निर्माण प्लम्बिङ वायरिङ पेन्टिङलगायतका कार्यमा पनि पर्याप्त आर्जन गर्न सकिन्छ ।

अल्पकालीन सीपबाट व्यक्ति दक्ष बनेर आफ्नै समुदायमा सहजै रोजगारी प्राप्त गर्न सकिन्छ । सामान्यतः एकदिन धान चुट्ने कामका लागि प्रतिव्यक्ति हजारदेखि १५ सय भन्ने गरिन्छ । त्यसमा खाजा चिया चुरोट समेत जोडिन्छ । यसरी हेर्दा कम्तीमा २ हजार श्रम गरेबापत लिने अवस्था हाल रहेको छ । कृषिमा अल्पकालीन रोजगारी मात्रै प्राप्त हुने भएकाले पनि अवसरको लाभ लिने गरिन्छ । अर्थव्यवस्था अथवा आर्थिक अवस्थाले हाम्रो समाजको सामाजिक सांस्कृतिक सम्बन्धमा समेत परिवर्तन ल्याउँछ । चर्चित समाजशास्त्री तथा दार्शनिक कार्ल माक्र्सले पनि आर्थिक पक्षलाई सामाजिक क्रियाको केन्द्रबिन्दु मान्छन् ।

हाम्रो समाजमा आर्थिक संस्था अनेकांै छन् । हरेक संस्थाका आआफ्नै उद्देश्य र कार्य हुने नै भयो । आर्थिक संस्थाले मुलभूत रूपमा तीनवटा पक्षलाई महत्व दिएका हुन्छन् । प्रथम भनेको के कस्ता वस्तु तथा सेवाको कुन मात्रामा उत्पादन गर्ने भन्ने विषय हो । दोस्रो समाजमा रहेका प्राकृतिक स्रोत र साधनलाई के कसरी अपेक्षित वस्तु तथा सेवाको उत्पादनमा लगाउन सकिन्छ भन्ने र तेस्रो कसका लागि वस्तु तथा सेवाको उत्पादन गर्ने भन्ने हो ।

महिला समूह वा संगठन मिलेर गर्न सकिने विविध क्षेत्रहरू छन् । रोजगारी सिर्जना शिक्षा स्वास्थ्य सरसफाई खानेपानी फोहर व्यवस्थापन कृषिजन्य उत्पादन त्यसको बजारीकरण भण्डारण प्रशोधनलगायतका धेरै कार्यहरू पर्छन् । यी सबैबाट रोजगारी प्राप्त भई आय आर्जनका साथै वातावरणको संरक्षण नेतृत्वको विकास स्वस्थ्य जीवनयापन शिक्षित व्यक्तित्व जस्ता मानवका चौतर्फी विकासमा टेवा अवश्य नै पुग्छ । सीप विकासबाट स्वरोजगार बन्दै व्यस्त जीवन व्यतीत अनि आफ्ना साथीलाई समेत उत्प्रेरित गरी थप रोजगारी र आय आर्जनका कार्य सहजै गर्न सकिन्छ ।

स्वेटर बुन्ने कपडा सिलाउने घर सजावटका सामग्री बनाउने कागजका चित्रकलामा रङ भर्ने थाङका पौभा मिथिलालगायतका अनेकौं कलाका माध्यमले रोजगारी बनेर मनग्य आम्दानी गर्न टाढा जान र ठूलो लगानीको खाँचो पर्दैन । काम गर्ने जाँगर र सीप मात्र हुनुपर्छ घर घरमा रोजगारी स्वयं सिर्जना गर्न सकिन्छ । अर्काको भरमा परेर अनेकौ प्रक्रिया र दुर्वचन सहनुभन्दा स्वरोजगार बन्नु उत्तम देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,410 times, 1 visits today)

epaper

ताजा समाचार

दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा