कांग्रेसका प्रवक्ता भन्छन्, सरकारले वीरगन्ज चिनी कारखाना चलाउँदैन

वीरगन्ज । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपाल सरकारले वीरगन्ज चिनी काखनाना लगायत बन्द गरिएका कुनै पनि कारखाना नचलाउने बताएका छन् । प्रेस युनियन पर्साले आइतबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गएको जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा वीरगन्जको चिनी कारखाना र कृषि औजार कारखाना चलाउने घोषणा गरेका थिए । तर सरकारको नेतृत्व गरिरहेको पार्टीका प्रवक्ता डा महतले वीरगन्जमा नै पुगेर त्यो कार्यान्वयन नहुने बताए । उद्योग चलाउने काम नीजि क्षेत्रको भएको भन्दै प्रवक्ता डा.महतले भने ‘जुत्ता कारखाना, ईटा कारखाना, चिनी कारखाना जस्ता कारखाना सरकारले चलाउँदैन ।’ बजेटमा आएका सबै कुरा कार्यान्वयन नहुने भन्दै वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना पनि नचल्ने उनले प्रष्ट पारे । यी दुई ठूला कारखाना २०५९ सालमा तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा बन्द गरिएका थिए ।

नेपाल सरकारले बजेटमा नै ल्याएको कुरा कार्यान्वयन हुँदैन ? भनी संचारकर्मीले राखेको जिज्ञासामा उनले जनता झुक्याउन वेला–वेलामा यस्ता कुरा कम्यूनिष्टहरुले गर्छन् भन्दै काँग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री शर्मा नभएको जस्तो गरी तर्क पेश गरे । एमाले तर्फ संकेत गरे जसो गरी उनले आफ्नै नेतृत्वको सरकारमा सहभागी कम्यूनिष्ट पार्टी माओवादी केन्द्र लगायतबाट गएका कम्यूनिष्ट पार्टीबाट गएका मन्त्रीहरुको पनि दोहोलो काडे । बजेट आउनु पूर्व सरोकार नभएको व्यक्तिबाट राजश्वका दायरा चलाउँदा मन्त्रीहरुले पनि सहि आचारण र दायरा गुमाएको तर्क गर्दै प्रवक्ता डा महतले जुनसुकै मन्त्रीहरुले पनि आफ्नो आचरण र दायरा नाघ्न नहुने बताए ।

फरक प्रसंगमा बोल्दै प्रवक्ता डा. महतले गएकोे निर्वाचनमा एमाले कमजोर पार्टी बन्दा आगामी निर्वाचनलाई लक्षित गरी अर्को राष्ट्रियताको ईशु स्टेट पार्टनरशीप प्रोग्राम ( एसपीपी ) उठाउन खोज्दा उल्टै उसैको कर्तुत खुलेको पनि तर्क गरे । उनले गएको निर्वाचनमा नेपाली काँग्रेसको जित सन्तोषजनक रहेको बताए । आगामी निर्वाचनमा अझ प्रदेश र संघमा पनि नेपाली काँग्रेसको बहुमत आए जनअपेक्षा अनुसार काम गर्न सकिने उनको दावी छ ।

प्रवक्ता डा महतले गठबन्धनको सवालमा चाही भोली कुनै दलको बहुमत नआउला कि भनी अहिलेको गठबन्धनलाई नै साथमा लिएर काँग्रेस हिडेको बताए । ‘यो गठबन्धन नहुँदा अर्को गठबन्धन खोज्न पर्ने भएकोले ‘न्यूनतम लय मिलेको’ गठबन्धनलाई निरन्तरता दिएको छ’ उनले भने । बहुमत मिलाएर सरकार बनाउन पर्ने संविधानतः व्यवस्थाले वैचारिक सिद्धान्त नमिले पनि गठबन्धन गरेर आज र भोली पनि अगाडी बढ्न पर्ने कुरालाई नेपाली काँग्रेसले लय मिलाएको उनको अभिव्यक्ति थियो ।

नेपालको अन्तराष्ट्रिय सम्बन्ध भने नेपाली काँग्रेस र आफ्नो नेतृत्वको सरकारले मात्र सन्तुलित राख्न सक्ने उनले दावी गरे । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा विग्रिएको बाहिरी सम्बन्ध बल्ल सुधार हुन थालेको भन्दै उनले थप मजबुत पारेर अगाडी बढ्ने पनि दावी गरे । एसपीपी पारित गर्ने सन्दर्भमा भने सरकारको नेतृत्व गरिरहेका काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै सकारात्मक नभएको भन्दै यो अगाडी नबढ्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’