खाँदबारीमा पहिरोले एक पुरियो, चिचिलामा १० घर विस्थापित

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –६ सागममा पहिरोले एक घर पुरिएको छ । लगातार बर्षासँगै आएको पहिरोले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको छ ।

गएराति साढे ८ बजे घर माथिबाट आएको पहिरोले राईको घर पुरिएको खाँदबारी नगरपालिका–६ का वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिए । मानविय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताए । राईको परिवारले भागेर छाडेर ज्यान जोगाएका छन् । पहिरोबाट राईको परिवार विस्थापित भएका छन् । राईको परिवार छिमेकीको आश्रय लिएर बसेका छन् । पहिरोबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताए । क्षतिको सम्पुर्ण बिवरण आइसकेको छैन ।

पहिरोले बर्खे कल्छे,माल्टा,पांठा लगायतका स्थानमा लगाइएको बर्खे धानबाली समेत पुरिएको छ । पहिरोले खाँदबारी –६ कल्छेबेशी रविन राईको १५ रोपनी खेत,६ वटा माछा पोखरी पुरिएको छ । पहिरोले देवेन्द्र घिमिरेको १५ रोपनी, प्रकाश पोख्रेलको १५ रोपनी धान खेत पुरिएको छ । त्यस्तै चन्द्र कुमार मगरको २ रोपनी धान खेत, माछा पोखरी,सचिन राई,पदम मगर ३ रोपनी खेत पुरिएको छ । पहिरोले लाखौ रुपैयाँ बराबरको क्षति भएका वडाध्यक्ष तामाङले बताए ।

चिचिलामा १० घर विस्थापित

चिचिला गाउँपालिकामा पहिरोबाट १० परिवार विस्थापित भएका छन् । लगातारको बर्षासँगै आएको पहिरोले चिचिलाका विभिन्न स्थानका गएको पहिरोबाट १० परिवार विस्थापित भएका छन् । चिचिला गाउँपालिका– १ मा ६ र वडा नम्बर ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए ।

पहिरोले वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन् । वडा नम्बर १ कै चनौटेमा डम्बर राई, सवर्ण कुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार पहिरोले विस्थापित भएका छन् । त्यस्तै वडा नम्बर ३ मुग्लिगाउँमा बलबहादुर राई (ख), सन्दिप राई, रुद्रबहादुर राई र अरुण राईको परिवारलाई पहिरोले विस्थापित बनाएको अध्यक्ष शेर्पाले बताए । विस्थापित भएकाहरुलाई नजिकैको आफन्तको घर र सामुदायिक भवनहरुमा राखिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । पहिरोले चिचिला गाउँपालिका हुदैं मकालु भोटखाला जाने उत्तर दक्षिण सडक समेत अवरुद्ध भएको छ । सडक अवरुद्ध हुदाँ चिचिला,मकालु र भोटखोला जाने सवारी साधन खाँदबारी नगरपालिकाको छ्याङकुटी आसपास रोकिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता