सेरोगसी कथामा बन्यो माईकल अधिकारी

काठमाडौ । नेपालमा सोरोगेसी मदर (अर्कालाई कोख भाडामा लगाउने कार्य) सरकारले अवौध घोषणा गरेको आधा दशक बितिसकेको छ । आधा दशक अघि नेपालमा सेरोगेरी मदरको प्रचार थियो । अर्काको लागि आफ्नो गर्भ भाडामा दिई सन्तान जन्माईदिएर पैसा लिने आमाहरुको कथामा नयाँ चलचित्र ‘माईकल अधिकारी’ बनेको छ । यो चलचित्रको बुधबार गोपिकृष्ण भूमिजमा टे«लर रिलिज गरिएको छ ।

फिल्ममा गोपिकृष्ण मूभिजको व्यानरमा उद्धब पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्माण गरेका हुन् । फिल्मको निर्देशक रँजित रौनियार हुन् ।

नेपालमा सेरोगेसी कार्यलाई कानुनले बन्देज गर्नु अघि नै आफुले यो चलचित्रको कथा लेखेको र चार वर्ष अघि नै छायाँकन गरेको निर्माता निरक पौडेलले बुधबार बताए,‘नेपालमा पनि बिदेशीहरुले सरोगेसी माध्यमबाट सन्तान जन्माएर लान थालेपछि हामीले यो चलचित्रको कथा तयार गरेको थियौं । फिल्मको छायाँकन सकिएपछि नयाँ कानून ल्याएर सेरोगेसी कार्यलाई नेपालमा बन्देज गरिएको हो ।’ कोरोनाका कारण रोकिएको यो फिल्म अब ३ भदौमा रिलिज गरिने निरकले बताए ।

यो चलचित्रमा सौगात मल्ल, सृष्टी श्रेष्ठ, आसन्त शर्मा, एनि कुँवरसहित विभिन्न कलाकारहरुको अभिनय रहेको छ । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेता सौगातले भने,‘पैसाको लागि आफ्नो श्रीमतीको कोख भाडामा लगाएर जन्माएको बच्चा अरुलाई सुम्पने पतिको भूमिका मैले यसमा निभाएको छु । यो आफैंमा निकै सम्वेदनशिल भूमिका थियो ।’

अभिनेत्री सृष्टीले आफ्नो भूमिका’bout भनिन्,‘चलचित्रमा गर्भवती भएर बच्चा जन्माई ठुलै रकम भाडामा लिएर आफ्नो सन्तान अरुलाई सुम्पिएको भूमिका मैले निभाएको छु । त्यो सन्तान सुम्पँदा मैले बास्तवमै आँखाको आँशु थाम्न सकिन ।’ यो फिल्म गरेपछि आफु आमा हँदा सन्तान प्रति कतिधेरै जिम्मेवारी र मायाँ हुँदो रहेछ भन्ने महसुस आफुले गरेको उनले कार्यक्रममा बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका सुकुम्वासी बस्तीमा शनिबारबाट डोजर