दोहोरीगीत प्रतियोगिता सुरु

पोखरा । पोखरामा बिहीबारदेखि राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता तथा स्रष्टा सम्मान एंव इन्द्रेणी कार्यक्रम–२०७९ सुरु भएको छ ।
कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा ३ दिनसम्म चल्ने प्रतियोगितामा देशभरबाट ४६ समूहले भाग लिएका छन् ।

प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले स्व. कल्याण शेरचनलाई नेपाली गीतसंगीतले एक असल नक्षत्ररुपमा लिने गरेको बताए । पोखरा महानगरपालिका लोकसंस्कृति र नेपाली गीतसंगीतको विकासका लागि निरन्तर लागिरहने मेयर आचार्यले प्रतिबद्धता जनाए ।

प्रतिष्ठानका अध्यक्ष रहेको कल्याण शेरचनको तत वर्ष कोरोनाबाट ज्यान गएको थियो । उनको ७६ औं जन्मजयन्ती अवसरमा सालिक निर्माण सहयोगार्थ प्रतिष्ठानले राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता गरेको हो । प्रतियोगितामा प्रथम हुने समूहले ६ लाख प्राप्त गर्ने छन् । कार्यक्रमबाट ५५ लाख रुपैयाँ बचत हुने आयोजकको अनुमान छ ।

समारोहमा विभिन्न लोकसंस्कृतिकर्मीलाई सम्मान गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा प्रतियोगिताको निर्णायक संयोजक रमेश बिजीले प्रतियोगिताका लागि भाका छनोट गरी भाका वापत स्रष्टालाई रोयल्टी दिइने बताए । भाखाका लागि लोक गीत स्रष्टा व्यक्ति तथा कम्पनीसँग सम्झौता गर्ने बताउँदै उनले दुबै समूहले गाउन सक्ने प्रचलित भाकालाई छनोट गर्ने बताए । लोकदोहोरी प्रतियोगिता गण्डकीमा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत समावेश हुने तयारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन