राजधानी सहकर्मी श्रेष्ठलाई दोस्रो पुरस्कार

काठमाडौं । राजधानीका फोटो पत्रकार सत्यन श्रेष्ठ फोटो प्रतियोगितामा द्वितीय भएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान उपकुलपतिको सचिवालयबाट सञ्चालित तीनदिने डिजिटल कला फोटो कार्यशालामा सहभागीबीच भएको फोटो प्रतियोगिता तथा प्रदर्शनीमा श्रेष्ठको फोटोले द्वितीय पुरस्कार प्राप्त गरेको हो । सो प्रतियोगिता तथा प्रदर्शनीमा २८ जनाको प्रतिस्पर्धा भएृको थियो ।

श्रेष्ठले १५ हजारको द्वितीय पुरस्कार प्राप्त गरेका हुन् । सो प्रतियोतिामा २५ हजारको पहिलो पुरस्कार कृतन जोशी र १० हजारको तेस्रो पुरस्कार गोविन्द महर्जनले प्राप्त गरेका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान उपकुलपतिको कार्यालयले आइतबार नै एक कार्यक्रमको आयोजना गरी राजधानी सहकर्मी श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ