लुटेरा समुहको गोली लागेर युवक घाईते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा गोली लागेर एक युवा घाईते भएका छन् । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । अज्ञात समूहको प्रहार गरेको गोली गुरुङको कम्मरमाथि कोखामा लागेको छ । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले घटना’bout सोधपुछका लागि पाँचलाई नियन्त्रणमा लिइएको जानकारी दिए । घटनाको विभिन्न कोणले अनुसन्धान भइरहेको उनले बताए ।

प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति अज्ञात समूहद्वारा लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडि जम्काभेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेको प्रहरीको भनाई छ । परासीस्थित ससुराल बस्दै आएका गुरुङ राती घर फर्किँदै थिए । लुटेराहरूले उक्त कटेजबाट २ तोला सुन र केही नगद लुटेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

रेलको ठक्करबाट रोमानियामा २ नेपालीको मृत्यु