हाकिम भएँ भन्दैमा कार्यालय सफा गर्नेलाई नेहप्नुस् : सहरी मन्त्री मेटमणि चौधरी

बुटवल । सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा उद्घाटनपछि बोल्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।

नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने चलन रहेकाले त्यसलाई सुधार्नुपर्ने बताउँदै उनले भने, ‘हाकिम भएँ भन्ने नसोच्नुस् । ठुलो भएँ भन्ने नसोच्नुस् । कुचिकारहरुले काम नगरे के होला ? उनीहरुबिना के अस्पताल सफा हुन सक्ला ? तँपाईँहरुले अल्लि पढ्नुभएको होला । तलब पनि बढी होला तर तँपाईहरुलाई चिया खुवाउने, कार्यालय सफा गर्नेहरुलाई अपमान नगर्नुस् । उनीहरुले हेपिएको महसुस नगरुन् ।’

डाक्टर नर्सहरुले दशैं, तिहार, चाडवाड केही नभनी बिरामीको सेवा गर्ने गरेको भन्दै प्रशंसा गरेका मन्त्री चौधरीले बिरामीले दुःख नपाउन्, उनीहरुको उपचार समयमै होस् भन्दै थप जिम्मेवार भएर काम गर्न पनि निर्देशन दिए ।

नव निर्मित भवनको सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

epaper

ताजा समाचार

ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको हो : बस्नेत