सेयर बजार ७.२४ अंकले घट्यो

काठमाडौं । सेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ७.२४ अंकले ओरालो लागेको हो । नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ ।

५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको हो । कारोबारमा आएका १८७ कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । साथै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैँचामा ८६ सिटी सफारी चालकलाई नम्बरसहितको सुरक्षित ज्याकेट