नेपाललाई १३३ रनको लक्ष्य

काठमाडौं । केन्याविरुद्धको टी २० शृंखलाअन्तर्गत दोस्रो टी २० खेलमा घरेलु टिमले नेपालसामु एक सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रनको योगफल तयार पार्‍यो ।

केन्याका रकेप पटेलले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे । यसबाहेक, नेहेमिह ओधिएम्बोले २९,  इर्फान करिमले २२ र सचिन भुडियाले १४ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए । यसबाहेक, करण केसीले दुई र पवन सर्राफले एक विकेट लिए ।

नेपालले केन्यासँग पाँच खेलको टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो ।

नेपाल र केन्याबीचको टी २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।

केन्याविरुद्ध नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, पवन सर्राफ, आदील आलम, बसिर अहमेद

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

रवि लामिछानेले बोलाए भोलि बिहीबार सर्वदलीय बैठक