संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा

काठमाडौं । नेपाली संगीत सर्जकको छाता संस्था संगीतकार संघ नेपालले नयाँ कार्यसमिति पाएको छ । संघको ११आंै वार्षिक साधारण सभा संगीतकार चेतन सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा, द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन् ।

यसैगरी, संगीतकार संघ नेपालको महासचिवमा वसन्त सापकोटा, सचिवमा प्रल्हाद बोगटी, कोषाध्यक्षमा राजेश थापा निर्विरोध चयन भएका छन् । संघको कार्यसमिति सदस्यमा चयन भएका संगीतकारहरूमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर थापा स्माइल, दिनेश बान्तवा राई रहेका छन् ।

संगीतकार संघ नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले ११औं साधारण सभामा संघले नेपाली संगीतकर्मीलाई एकतामा ल्याएको भनाइ राखे । नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएकोमा बधाई ज्ञापन गर्दै नेतृत्वमा आपूmलाई सफल तुल्याउँदै आएका चेतन सापकोटालाई संघले अहिले अध्यक्षका रूपमा पाएकाले यो कार्यसमिति अझ सफल हुने विश्वास उनले व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष चेतन सापकोटाले आपूm संगीतकर्मीको हकहितका लागि लागिपर्ने बताए । संगीत विकास बोर्ड स्थापनालगायत संगीतकर्मीहरूको हितका लागि थुपै्र योजना ल्याउने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिपक्षीको बहिष्कारबीच राति ११:४५ बजे सुदूरपश्चिमको बजेट