काँस्कीबाट सुरु भयो समुन्द्रको गुलाबी

पोखरा । नयाँ नेपाली चलचित्र ‘गुलाबी’ निर्माण हुने भएको छ । यो चलचित्रको शुक्रबार कास्कीमा शुभ साइत गरिएको छ । समुन्द्र भट्टको निर्देशनमा निर्माण सुरु भएको यो चलचित्रको कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सिता बराह आयर–भयर मन्दिरमा शुभसँगै छायाँकन सुरु गरिएको छ ।

यो चलिचत्रमा नाजिर हुसैन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ लगायतको मुख्य भूमिका रहनेछन् । तर चलचित्रको छायाँकन अभिनेता नाजिरले अर्को साताबाट मात्र सुरु गर्ने निर्देशक भट्टले बताईन् ।

यसअघि निर्माण टिमले नाजिरको मात्रै नाम सार्वजनिक गरेको थियो । फिल्मलाई धम्पुस, पोखरा र काठमाडौंमा छायांकन गरिनेछ । भदौ अन्तिम साताबाट फ्लोरमा जाने पुर्वनिर्धारित तालिका अनुसार निर्माण टिम छायांकनको लागि निस्केको हो । दशैं अगावै छायांकन सक्ने निर्माण टिमको लक्ष्य छ ।

फिल्ममा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसैनको छ । निर्देशक भट्टकै कथामा बन्न लागेको फिल्ममा पारलैङ्गिकताको कथा प्रस्तुत गरिने पनि निर्देशक भट्टले बताएकी छिन् ।

क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी निर्देशक भट्टले केहि वर्ष पहिले ‘आधा पेज’ नामको फिल्म निर्देशन गरेकी थिइन् । केहि वर्षको अन्तरपछि भट्ट पुनः फिल्म निर्देशनमा फर्किएकी हुन् ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मस् सँगको सहकार्यमा निर्माण हुने ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गर्दैछन् । भद्र भुजेल एसोसिएट निर्देशक रहने फिल्ममा पुष्कर लामाको निर्माण नियन्त्रण र यम वली निर्माण व्यबस्थापन रहने छ ।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

epaper

ताजा समाचार

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’