काठमाडौं सडकभरि खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यका सडकको खाल्टाखुल्टीले गर्दा दुर्घटना हुने गरेको छ दैनिक घण्टा ट्राफिस जाम हुने गरेको छ । तथापि न त सडक विभागको ध्यान गएको न त काठमाडौं महानगरपालिकाले नै यसमा चासो व्यक्त गरेको छ । भित्री सडक अवस्था त नाजुक नै छ । मुख्य सडक पनि खाल्टाखुल्टीका कारण धराप बन्दै गएका छन् । काठमाडौंको चक्रपथ, चक्रपथदेखि भित्र छिर्ने सडक, नदी कोरिडोरका सडकका साथै भित्री सडकमा समेत बर्षाका कारण खाल्टाखुल्टी बढेर गएको छ ।

गुणस्तरहीन सडक निर्माण र समयमा मर्मतसम्भार नहुँदा काठमाडौंका सडकभरि खाल्टाखुल्टी र भ्वाङ परेको छ । हरेक वर्ष वर्षाको पानी पर्ना साथ सडकमा खाल्टाखुल्टी हुने गरे पनि यसमा सम्बन्धित निकायले चासो नदेखाउने गरेको भन्दै बानेश्वर निवासी गोपाल शर्माले दुःखेसो पोखे । समयमा खाल्टाखुल्टी नपुर्दा स्थानीय र सडक यात्रुले सास्ती भोग्नुपरेको छ । कतिपय दुर्घटनाको सिकारसमेत बन्ने गरेका छन् । सडकको अवस्था सुधार गर्ने विषयमा भने कसैको पनि चासो देखिँदैन । यातायातको साधानमा वृद्धि भएको भयै छ तर सडकको अवस्था भने झन् नाजुक बन्दै गएको छ । स्थानीय सरकारको मातहतमा रहेको खडकको अवस्था झन् डरलाग्दो छ ।

‘संघीय राजधानीभित्र नै बाटो हिलाम्मे छ । व्यवस्थित ढल निकास नहुँदा ढल फुटेको फोहोर बगेको छ । महिनौंसम्म पनि त्यो ढलको व्यवस्थापन गरिँदैन । यो अवस्था कहिलेसम्म भोग्ने ?’ चाबहिलकी एक महिना गुनासो गर्दै थिइन् ।

विज्ञका अनुसार गुणस्तरहीन सडक निर्माणका कारणले नै गर्दा वर्षाको पानीले पनि सडक भत्काउने तथा खाल्टा बनाउने गरेको छ । केही वर्षअघि चिनियाँ सरकारले बनाएको कोटेश्वर कलंकीसम्मको चक्रपथ सडकको अवस्था हेर्न लायक नै छ । त्यसभन्दा अन्यत्रको सडकको अवस्था नाजुक देखिन्छ । कोरिडोरका बाटामा पुलमुनि पानी जमेर यातायात अवरुद्ध हुने गर्दछ ।

कलंकीदेखि चक्रपथसम्म विस्तारका लागि साइट क्लिअर गरिएको सडकखण्डमा खाल्टाखुल्टी र सडक भत्किएकै कारण हिँडिसाध्य नभएको स्थानीय सर्वसाधारण गुनासो गर्छन् । त्यहाँदेखि कोटेश्वरसम्मको चक्रपथ खण्डमा पनि खाल्टाखुल्टीका कारण सडकमा हिडिँसाध्य रहेको छैन । ती क्षेत्रमा पानी पर्दा हिलो र घाम लाग्दा धुलाम्मे हुने गरेको छ ।

कालिमाटी, त्रिपुरेश्वर, टेकु, पुतलीसडक, बानेश्वरलगायतका क्षेत्रमा पनि खाल्टाखुल्टी अधिकतम् रूपमा बढेको छ ।

सडक विभागले वर्षाका कारण यो समयमा मर्मतसम्भारको काम कम हुने र वर्षाको ढल र पानीले पनि सडक बिगार्ने हुँदा केही खाल्टाखुल्टी हुने गरेको सडक विभागको प्रवक्ता भीमार्जुन आचार्यले बताए । ‘मर्मतसम्भारअन्तर्गत हामीले यो समयमा वर्षाका कारण गर्न सक्दैनौं, ढल र वर्षाको पानीले पनि सडक बिगार्ने हुँदा केही खाल्टाखुल्टी देखिने गरेको छ, अब नियमित मर्मतसम्भारअन्तर्गत खाल्टाखुल्टी पुर्ने काम हुन्छ,’ प्रवत्ता आचार्यले भने ।

विभिन्न प्रयोजनका लागि सडक खन्ने तर पुनः पिच नगर्ने क्रम बढेर जाँदा पनि काठमाडौंका सडकमा खाल्टाखुल्टी बढेको पाइन्छ । मेलम्ची खानेपानी, विद्युत् प्राधिकरण, टेलिकम, ढल व्यवस्थापनलगायतले काठमाडौंको सडक खन्ने गरेका छन् । सडक भत्काएर जथाभावी छाडिदिँदा वर्षाको पानीले झनै सडक बिगार्ने गरेको छ ।

विभिन्न निकायले सडक भत्काएपछि निश्चित समयमा निर्माण गर्नुपर्नेहुन्छ । तर, ती निकायले भत्काएका सडक समयमा नै निर्माण हुने गरेका छैनन् । सडक विभागले समेत समयमा नै सडक पुनः निर्माण गर्न चासो देखाएको छैन ।

काठमाडौं महानगरपालिकाले ‘इन्फास्ट्रक्चर एम्बुलेन्स’को व्यवस्था गरेर काठमाडौंको खाल्टाखुल्टी पुर्ने तथा ढल व्यवस्थाको काम गर्ने भनेको भए पनि त्यो प्रभावकारी देखिँदैन । महानगरले ‘इन्फास्ट्रक्चर एम्बुलेन्स’मार्फत रोडा माटो हालेर खाल्टाखुल्टी पुरे पनि वर्षाले बगाएर अर्को दिन जस्ताको त्यस्तै हुने गरेको छ । खाल्टोमा माटो हाल्दा झन् सडक हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने गरेको छ ।

सडकको दुरवस्थाका कारण काठमाडौंभित्र नै जोखिम मोलेर यात्रा गर्नुपर्छभन्दा हास्यास्पद हुन्छ । जीर्ण भएका सडकमा मर्मत नगरी पिचमाथि पिच गर्ने कामसमेत यही काठमाडौंका भित्री सडकमा भएको देखिन्छ । पछिल्लो समय सडकपेटीमा नयाँ टायल राख्ने काम भइरहेको छ । जबकि सडकको दुरवस्था सुधार्नेतर्फ ध्यान गएको पाइँदैन । समयमा नै सडक मर्मत नुहँदा दुर्घटना बढ्ने गरेको छ । दुर्घटनाबाट मृत्यु हुनेको ग्राफ बढ्नुमा सडक पनि जिम्मेवार छ ।

तपाइको प्रतिक्रिया
(Visited 466 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल