टुकुचामाथि बनेका घर-टहरा नभत्काउने अल्पकालीन आदेशमाथि सुनुवाइ हुँदै

काठमाडौँ । टुकुचामाथि भएका घर–टहरा नभत्काउन उच्च अदालत पाटनले दिएको अल्पकालीन आदेशमाथि आज सुनुवाइ हुँदै छ । अदालतले काठमाडौँ महानगरपालिकालाई असोज ५ गते छलफलमा बोलाएबमोजिम आज सुनुवाइ हुने भएको हो ।

गत आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्‍याएर बनाएकाले उचित क्षतिपूर्ति नदिई संरचनाहरू हटाउन नमिल्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

महानगरको तर्फबाट कानुनी परामर्शको टोली छलफलमा जाने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । चार मिटर कायम गर्ने गरी टुकुचालाई खुला रूपमा बग्न दिने योजना महानगरको छ ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

बोस्नियामाथि स्वीट्जरल्यान्डको सानदार जीत