जीप दुर्घटनामा एउटै घरका ६ सन्तानसहित ८ जनाको मृत्यु (सूचीसहित)


दाङ । सल्यानको कपुरकोट गाउँपालिका –३ वनस्पती नजिकै जीप दुर्घटनामा एउटै घर सन्तानका ६ जना सहिता ८ जनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–६ सिनबाङ निबासी धर्म वली, बसन्त वली, कुमारी वली, टोपबहादुर वली, ललित वली, खुमलाल वली, चालक जीत बहादुर बोहरा, र सुरेश खत्री रहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए ।

त्यसैगरी सोही घटनामा परेर घाइेत हुनुभएका सोही ठाउँका तिलक वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ फर्किदै गरेको रा१ज ५६३ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको थियो । घटना राति करिब २ बजे भएको थियो । घुमित र चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपदेखि करिब डेढ सय मिटर तल खसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते