अतीतदेखि वर्तमानसम्म आइपुग्दा देशले निकास पाएको छैन । जताततै कष्ट छ । नेताका उपचार र अन्य खर्चले मातृभूमि कम्पायमान भएको अवस्था छ । जनतालाई भूकम्पले स्वाहा पारेको र देशलाई परकम्पनहरूले मिस्कल गर्न छाडेको छैन । त्यसपछिको कोरोनाले संसारलाई डल्लो पार्दा हामीलाई नतर्साउने कुरै भएन । कोरोनाको जोखिम कायमै रहँदा डेंगुले लखतरान पार्दै छ नेपालीहरूलाई । ललितपुरमा बढी, काठमाडौंमा त्यस्तै र बाँके, कैलाली गरी नेपालीको ज्यान गइसकेको अवस्था छ । कोरोना नियन्त्रणमा देश असफल भएको हो । बरु त्यसमा कमिसन र धेरै काण्ड बाहिरिए । डेंगु त नियन्त्रण गर्न सकिन्थ्यो तर कसले गर्ने ? पछि आएको रोग छुट्टै बजेट माग गर्दागर्दै स्थानीय सरकार व्यस्त छ । खाल्डाखुल्डीको पानी नियन्त्रण कसरी गर्ने । जबकि, पानी पर्दा सडकमा धान रोपाइँ गर्नुपर्ने अवस्था छ ।
खेतमा धान रोप्न मल, बिउ पाइएन । पछि रोपो सुक्यो वर्षा भएन । सिँचाइको सुविधा भनिन्छ यहाँ तर त्यो पनि नाम मात्रको छ । श्रम गर्नेहरू खाडीमा गए । तिनले पठाएका विप्रेषण रकमले यहाँ नेता पालिन्छन् । जनता फालिन्छन् । करले किचिन्छन् । दसैं आयो, गयो तर बजार पुरै अस्तव्यस्त, अनियन्त्रित छ, अत्यावश्यक औषधिका मूल्य व्यापक परिवर्तन भएर आएका छन् । एक पेट खान धौधौ पर्नेगरी खाद्यान्नको मूल्य सगरमाथाको शिखरमा चढाइएको छ । भारतले सुरुमा आटा, सुजी, पिठो निकासी बन्द गरेको सार्वजनिक भएको थियो । पछि राजदूतले नेपालका लागि निर्यात बन्द गरेको होइन भने तर बजारमा आटा, पिठो, सुजी, चिनीमात्रै होइन, दाल, तेल, गेडागुडी र चामलको भाउ अनियन्त्रित रूपमा बढेको छ ।
वाणिज्य विभागका महानिर्देशकको दसैंको मुखैमा अन्यत्र सरुवा हुँदा बजार नियन्त्रण हुन्छ त भन्ने पत्रकारहरूको प्रश्नमा सिस्टमले गर्ने काम केही फरक पर्दैन भनी त्यो विभागले जबाफ दिएको थियो । अचाक्ली मूल्य वृद्धि पनि किन नहोस्, ग्यासको भाउ घटेर आउँदा यहाँ घटाइएन । तीनपल्ट पेट्रोलियम पदार्थको भाउ घटेर आउँदा यहाँ घटाइएन । बरु बढ्ने सुइँको पाउनासाथ रातरातै मूल्य बढ्ने गरेको छ यहाँ । इन्धनका कारण सम्पूर्ण ढुवानी सेवा प्रभावित हुने, महँगो हुने हुनाले बजार अनियन्त्रित भएको भन्ने पनि भनाइ छ । निजी क्षेत्रलाई परल मोलभन्दा २० प्रतिशत नाफा खान नपाउने भनिन्छ । तर, पेट्रोलियम पदार्थको परल मोलभन्दा दोब्बर रकम सरकारी नेपाल आयल निगमले लिएको छ । उसको भनाइमा धेरै विषयमा प्रतिलिटर सरकारलाई अलग अलग त्यो पनि धेरै कर बुझाउनुपर्छ । तैपनि, आयल निगम घाटामा छ रे ।
तीन वर्षसम्म पाइप लाइनमा डिजेल आयात गर्दा ५ अर्ब नोक्सान हुन पाएन । आम्दानी भयो भन्ने निगम उपभोक्ताको काँचै मासु हसुर्न बेर मान्दैन । उसले भाउ घटाउन जानेको छैन । लज्जास्पद विषय त के भने एकैपल्ट प्रतिलिटर २०÷३० रुपैयाँसमेत बढाउन ऊ आतुर हुन्छ । तर, त्यहाँको खर्च कटौती गर्न सक्दैन र ट्यांकर व्यवसायीले रकम नबढाए अभैm आन्दोलन गर्ने भन्दै छन् । जति नाफा गरे पनि भाउ नघटाउने, छानो ठटाएर पैसा असुल्ने र अलिकति ढिलो हुनासाथ खर्लप्पै उपभोक्ताको ढाड सेक्ने अर्को सार्वजनिक संस्थान हो नेपाल विद्युत् प्राधिकरण । जति नाफा गरे पनि करोडौं होइन अब त अर्बमा निर्यातसमेतको कुरा ल्याउँदै छ र पनि आप्mना उपभोक्तालाई राहत दिन उसले जानेको छैन । सरकारी संस्थान हावा बेचेर ढाड सेक्ने अर्को टेलिकम, उपभोक्ताको श्वास प्रश्वाससँग गाँसिएको छ । रकम मनग्यै असुल्छ, विकल्प छैन, उसलाई थाहा छ ।
टोल सुधार भनेर टोल टोलमा लट्ठी लिएर पैसा उठाउन आउँछन् तर टोल सुधार होइन, टोल बिगार भने गरेका छन्
यी सबैको मनिटरिङ गर्ने काम सरकारको हो । यहाँ सरकारलाई ल्याइते, ब्याइते, आयातीत, परमादेशीय भएभरको आरोप लागेको छ । सरकारलाई थाहा छ, केवल गठबन्धन र चुनावको, अरू जनताका जनजीविकाका विषयमा चासो दिने उसलाई फुर्सदै छैन । बरु सरकारकै भ्रातृ संगठन नेवि संघले नागरिकता विधेयकमा लालमोहोर लाउन ढिलो गरेको भन्दै राष्ट्रपतिको पुत्ला दहन गरेको छ । कत्रो सम्मान बेलायती महारानीको । महारानीको सात दशक लामो शासन कालमा १५ जना मात्र प्रधानमन्त्री भएछन् ।
अमेरिकामा त्यस्तै छ, घरीघरी वर्षैपिच्छे परिवर्तन हुने देश नेपाल हो । भारतमा पनि यस्तो विधि अचाक्ली छैन । यहाँ ३ करोड नेपालीमध्ये १ करोड त बाहिरै छन् । कोमाथि शासन गर्न यत्राविधि सांसद र मन्त्री अनि कति हो संयन्त्र, कसरी पाल्ने जनता विदेशी ऋणको आहाल डुबेका छन् सिंहदरबार । शीतल निवास र बालुवाटार अनि बिरामी खर्च धेरैले स्वाहा पारेका छन् । त्यसमा सबै क्षेत्र संलग्न छन् र बालकोट, खुमल्टारको कुरै भएन । जनतालाई न स्वास्थ्य सेवा, न शिक्षाको सेवा केवल कर र महँगीको पीडा, अब अर्को चुनाव आएको छ । त्यसमा नेताहरूका लागि जम्मा एक दिन शासक बनिदिनु पर्ने । बाँकी सबै दिन शासित हुनुपर्ने अचम्मको देश छ हाम्रो । ढुकुटी रित्तो हुँदा पनि चुस्न नछोड्ने नेताहरूलाई फेरि जिताउनुपर्ने, गठबन्धन वा ठगबन्धन भन्दै तिनैको तालमेल सहनुपर्ने । नयाँ अनुहार आउनै नदिने । राजनीतिमा विकृतिको सीमा नाघिसकेको छ ।
जनता सकिनसकी सहेर बसेका छन् । आप्mना सन्ततिलाई बाध्यतामा घरजग्गा बेचेर सके राम्रो देश नसके मलेसिया खाडी देशमा पठाउँदै छन् । यहाँ वृद्धाश्रम त्यो पनि निजी उद्देश्यले खुलेका वृद्धाश्रमतिर धकेलिनु परेको अवस्था छ । चुनाव खर्च अति धेरै । सुरक्षा खर्च त्यस्तै धान्नै नसकिने । अस्थायी भर्ना भएका सुरक्षाकर्मीहरूलाई नै अर्बौं रकम भुक्तानी गर्नुपर्ने, दललाई खुसी गराउँदा मात्र टिकट पाइने अति खर्चिलो चुनावले जनताकोे कम्मर सेकेको छ । परिवर्तित राजनीतिक प्रणालीअघि यस्तो प्रथा थिएन र स्थानीय नेतृत्वले त तलबलगायत कुनै भत्ता, सुविधा नै लिँदैनथ्यो । आजको जस्तो महँगा गाडी र इन्धन प्रयोग नै हुन्नथ्यो ।
‘दसैं आयो, खाउँला पिउँला’ सबैको जिभ्रो त रसाएका छन् । तर, स्व आर्जन छैन, दसैं खर्च सबैले पाउँदैनन् । भकारीमा धान, गहुँ, मकै छैन । ऋण छ, सावाँ ब्याज तिर्न घण्टी बजिसकेको छ । मिटर ब्याजीको कथा त सबैतिर छरपस्ट भएकै हो । नयाँ लुगा लाउने सन्ततिको चाहना छ । बजार पसिसक्नु छैन । सुपथ मूल्यका पसल पहुँचवालाले राख्ने हो । त्यसमा सरकारी अनुदान छैन । कसैले आपूm घाटा खाएर सामान बेच्दैन । या त सडेगलेका, मिति नाघेका सामान वितरण गर्नुपर्छ या साइन बोर्ड राख्ने, सामान नहुने वा सकियो भन्नुपर्ने अवस्था छ । लामखुट्टेका लार्भा नष्ट गर्ने, स्कुल, कार्यालय, होटल, मन्दिर, व्यापारिक स्थल धेरै मानिसहरूको आवतजावत हुन्छ ।
त्यसक्षेत्र वरिपरि फोहोर, मैला, हिलो, पानी जम्न नदिने सचेतनाको अभियानमा हामी सबै चुकेका छौं । घरवरिपरि, गमला वा कुनै स्थानमा एडिस जातको प्रजातिको लामखुट्टेको टोकाइ र त्यसले अर्कोलाई टोकेपछि सर्दै जाने विषयमा सचेत हुन सकिएन । वर्षौं भयो देशमा डेंगुको समस्या । इपिडियोमोलोजी स्वास्थ्य निकायले अभैm दुई महिना यसको महामारी कायम रहने बताएको छ र हालसम्म ७५ जिल्लामा पैmलिसकेको भनेको छ । २०६१ सालदेखि नै देखिएको यसको प्रकोप विगत वर्षको सेरोफेरोमा भएको स्वास्थ्य निकायको भनाइ छ र पनि सबै अभिलेख स्वास्थ्य केन्द्रमा हुन्नन् । याने कि, सबै परीक्षण गर्न जाँदैनन्, सुन्दा सबैजसो घरमा डेंगुका बिरामी भेटिएका छन् ।
प्रायः दिउँसो सक्रिय रहने, घरको छत, पूmल गमला वा सफा पानीमा पनि बस्ने यसले टोक्दा चौपट्टै टाउको दुख्ने आँखाका डाँडी दुखेर खस्ला जस्तो हुने, उच्च ज्वरो आउने, हालसम्म यसको एन्टिबायोटिक औषधि वा खासै उपचारको विधि नआइसकेको छ । उच्च ज्वरोमा सिटामोल, झोल पदार्थको बढी सेवन, आराम गर्ने, धेरै पीडाको अनुभूति भए नजिकको स्वास्थ्य संस्थामा जानुभन्दा के विकल्प छ र हामीसँग । तर, अन्दाजमा औषधि पसलमा गएर औषधि लिँदा जोखिम बढी हुन सक्छ । रक्त परीक्षणपछि चिकित्सकको निगरानीमा बसेर आपंैmले होस् गर्नु श्रेयष्कर मानिन्छ । मानिसको जीवनशैली परिवर्तन गर्न नसक्दा आज हामीमध्ये सबैलाई केही न केही रोग लागेकै छ । उच्च रक्तचाप, मधुमेह, थाइराइड, म्टु, फोक्सोका समस्या नभएका, निरोगी मानिस पाउनै सकिन्न अहिले । यद्यपि, राम्रो हावापानी भएको, स्वथ्यकर क्षेत्र उच्च पहाडी र हिमाली क्षेत्रको आँकडा हेर्दा पनि डेंगुलगायत सबैजसो रोगले सताइएकै भेटिन्छन् ।
भारतले सुरुमा आटा, सुजी, पिठो निकासी बन्द गरेको सार्वजनिक गरे पनि अहिले चिनी मात्रै नभई दाल, तेल, गेडागुडी र चामलको भाउ अनियन्त्रित रूपमा बढेको छ
शारीरिक परिश्रम गर्न सके खेतबारी, माटो, प्रकृतिमा रमेर अन्न उब्जा गर्दै शारीरिक अभ्यास गर्ने हो भने शरीर निरोगी हुन्छ । पसिना आउनेगरी हिँड्डुल गर्दा मधुमेह, उच्च रक्तचापलाई राहत मिल्छ । सकारात्मक सोच, अरूको ईष्र्या नगर्ने, ईश्वरीय सत्तालाई दिनदिनै सम्झेर दिनचर्या गर्ने हो भने ध्यान, योग, सकेको उपचार, दान, धर्म गर्दा पनि शरीरमा सकारात्मक ऊर्जा अभिवृद्धि हुन्छ । यस्ता कार्यमा प्रश्रय दिने संस्थाको कमी छ हामी कहाँ । भएका पनि व्यापारीजस्ता छन् । शुल्क नलिएर निजी संस्थाहरूले कसरी सञ्चालन गर्ने ? जबकि, सरकार तीन तहको भनिन्छ । दैलाको सरकारले पनि कर उठाउने, जनताको छातीमा लात हान्नेबाहेक केही काम गर्न सकेको छैन । यस्ता मात्र संस्थाहरू छैनन् । टोल सुधार भनेर टोल टोलमा लट्ठी लिएर पैसा उठाउन आउँछन् । तर, टोल सुधार होइन, टोल बिगार भने गरेका छन् । सीसी क्यामेरा नगरपालिकाले हाल्छ ।
तर, टोल सुधार भनेर कथित समितिहरूले हजारौं रकम उठाएका छन् । लौरोवाला बालेन उदाएका त छन् तर काठमाडौं सहरमा जीएलडी बाटो भनी पर्खाल र अवैध संरचना हटाउन धेरै वर्षअघि नै माइकिङ गरिएको हो । चिनो मेटेर दलहरूका मान्छेले कतै बाटामा मागी खाने नयाँ मन्दिर बनाएका छन् । कतै पर्खाल पर्ने भयो भन्दै अटेर गरिरहेका छन् । अब कामनपाले सार्वजनिक सूचना निकालेको छ । हेरांै, एम्बुलेन्स, दमकल, ग्यास सिलिन्डर बिरामीको ट्याक्सी, फोहोर उठाउने गाडासम्म नछिर्ने गल्ली विस्तार गर्न बाँकी सूची होला सम्बन्धित वडाहरूमा । तिनले सबै अभिलेख तयार गरी सार्वजनिक बाटो अवरोध गर्नेमाथि कारबाही गरी अवैध संरचना हटाउने कार्यमा अरू क्षेत्रमा जसरी डोजर लागाइएको छ । यो काम बालेन र उनको टिमले सबैतिर गर्नुपर्छ । पंक्तिकारले धेरैतिर यस्तो देखेको छ ।
यहाँ ७ नं वडा चुच्चेपाटी, मैजुबहालको एउटा उदाहरण प्रस्तुुत गरिएको हो । काखापाखा नगरी सबैतिर बाटो खुल्नुपर्छ । सुन्दर सहर हेर्ने बालेनको मात्रै रहर होइन, हाम्रो पनि हो । संसारकै प्रतिष्ठित काठमाडौंलाई नामअनुसारकै सहर बनाउनुपर्छ । दलहरूले ज्यादती गरेका छन् । स्वतन्त्र बालेनले अहिले पाएको हाइहाइलाई कायम गर्दै सहरको मुहार उज्यालो पार्नुपर्छ । ठूला दलहरू जो सरकारमा छन् र धेरै वर्ष यिनले जनताका नाममा ढाँटेका छन् । अब तिनको बुद्धि पनि फिर्नुपर्छ र सबैले सहयोग गर्नुपर्छ ।






