पौडीमा एस्लीलाई ३ स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले ३ स्वर्ण जितेकी छन् । फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जितेकी हुन् । उनले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय निकालेकी थिइन् ।

आर्मीकी डुवाना लामाले ३२ः१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसकी मेगन गुरूङले ३२ः५२ मिनेटसहित कास्य जितिन् । १०० मिटर फ्रि स्टाईलमा डंगोलले १ मिनेट २ः८४ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारिन् ।

आर्मीकी अनुशिया तन्डुकारले १ मिनेट १ः८३ को समय निकाल्दै रजत जित्दा पुलिसकी मेगन गुरूङले १ मिनेट ६ः२ को समय निकाल्दै कास्य जितिन् । । डंगोलले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६ः४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् ।

रजत जितेकी बागमतीकी आर्जु थापामगरले ३ मिनेट १७ः९९ सेकेन्डको समय निकालिन् । कास्य जितेकी प्रदेश १ की उपासना राईले ४ मिनेट २८ः८६ सेकेन्डको समय निकालिन् ।

उता, पुरुषतर्पm पुरुष २०० मिटर ब्याक स्ट्रोकमा एपिएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । तेन्जिङले २ मिनेट १६ः२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।

यसअघि सर्ट कोर्सको यो कीर्तिमान नाथन दोर्जे शेर्पाको नाममा थियो । उनले २०१९ सालमा २ मिनेट १६ः५० सेकेन्डको कीर्तिमान बनाएका थिए । तेन्जिङको यो दोस्रो स्वर्ण हो । यसअघि, उनले ५० मिटर बटरफ्लाईमा स्वर्ण जितेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

आमिर खानको विवाह बिरुद्ध मौलानाको आपत्ती