कलम, छडी, लाठी, हतियार र हतकडी प्रहरी बर्दीको अभिन्न साधन हो । प्रहरीको व्यावसायिक कामकार्य सम्पादनका क्रममा कतिपय अवस्थामा यस्ता साधन अत्यावश्यक हुन्छन् भने कतिपय अवस्थामा आवश्यकै पर्दैनन् । कुन अवस्थामा प्रहरीले लाठी प्रयोग गर्नुपर्छ ? कुन अवस्थामा हतियार तथा कस्तो अवस्थामा हतकडी प्रयोग गर्ने ? भन्ने ’boutमा आधारभूत तालिममै प्रहरीलाई जानकारी गराइएको हुन्छ । तर, कतिपय अवस्थामा प्रहरीले यस्ता अत्यावश्यक साधनको प्रयोग अनावश्यक रूपमै ग¥यो भन्ने टिकाटिप्पणी हुने गर्छ । समाजको नजरमा त्यो स्वाभाविक पनि हो ।
सामान्यतया उत्तेजित भिड नियन्त्रण गर्नुपर्दा प्रहरीले लाठीचार्ज गर्नुपर्ने अवस्था आइलाग्छ भने लाठीचार्ज गर्दा पनि भिड तितरबितर नभई झन् आक्रामक एवं ध्वंसात्मक बन्दै गए हवाई फायर र आवश्यकतानुसार घुँडामुनि पर्नेगरी प्रहरीले हतियारै प्रयोग गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । कुन अवस्थामा कस्तो साधन प्रयोग गर्ने भन्ने कुरा कार्यक्षेत्रमा खटिएको कमान्डरले विवेक पु¥याउनु पर्छ । हतकडीको प्रयोग भने प्रहरीको कब्जामा आइसकेको कसुरदार भाग्न, उम्कन नपाओस् भनेर लगाइन्छ । तर, कस्तो कसुरदारलाई अनिवार्य रूपमा हतकडी लगाउनै पर्छ र कस्तालाई हतकडीको आवश्यक पर्दैन भन्ने कुरा कसुरदार कब्जामा लिने प्रहरी कर्मचारीले नै विचार पु¥याउने कुरा हो । अनावश्यक व्यक्तिलाई प्रहरीले हतकडी लगाएर बहादुरी देखाएको हो वा अत्यावश्यक भएरै लगायो भन्ने अन्योलता पनि जनस्तरमा फैलन सक्छ । यस’bout यहाँ संक्षिप्त चर्चा गरिन्छ ।
हतकडी प्रचलनको प्रारम्भिक चरणतर्फ फर्कने हो भने राणा प्रधानमन्त्री जंगबहादुरपछि उनकै भाइ रणजितसिंह कुँवर नेपालको प्रधानमन्त्री भए । रणजितसिंहले नेपालमा सर्वप्रथम १९३८ सालमा चार, आठ र बाह्र महिने मिलिसिया प्रहरीको व्यवस्था गरे । मिलिसिया प्रहरीले अपराधी पक्राउ गर्दा भाग्न उम्कन नसकोस् भनेर हात डोरीले बाँध्ने, खुट्टामा बाँधेर कुद्न नसक्ने बनाउने तथा अवस्थाअनुसार चौखु¥याएर कार्यालयमा ल्याउने ग¥थ्यो । खुंखार अपराधीलाई हिरासतभित्र राख्दा पनि तुरुङमा राख्ने ग¥थ्यो । हतकडी प्रचलनमा आएपछि डोरीको ठाउँमा हतकडीकै प्रयोग हुन थाल्यो । प्रारम्भमा हिरासतमा राख्नुपर्ने जस्तोसुकै व्यक्तिलाई पनि हतकडी लगाएरै तुरुङ वा ठिगुरामा राख्ने चलन थियो । यसो गर्नुको कारण थुनुवा राख्ने छुट्टै हिरासत कक्ष त्यसताका हुँदैनथ्यो ।
विमानस्थलको सुरक्षा घेराभित्र सन्दीपलाई लगाइएको हतकडी सर्वसाधारणको नजरमा अशोभनीय देखियो
कसुरदारलाई पक्राउ गरी कार्यालयसम्म ल्याउनुपर्दा अहिले पनि हतकडी लगाएरै ल्याइए पनि हिरासतभित्र तुरुङ र हतकडीको प्रयोग गरिँदैन । अभियोगको गाम्भीर्यता र अभियुक्तको शारीरिक एवं मानसिक अवस्थाको आधारमा कस्तोलाई हतकडी अनिवार्य हुन्छ ? कस्तोलाई हुँदैन ? भन्ने कुरा पनि प्रहरीकै विवेकमा निर्भर गर्छ । स्मरण रहोस्, नाबालिकलाई बलात्कार गरेको अभियोग लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने प्रहरीसमक्ष आत्मसमर्पण गर्ने उद्देश्यले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको विदितै छ । लामिछाने अवतरित भइसकेपछि प्रहरी टोलीले विमानस्थलबाटै उनलाई हतकडी लगाएर प्रहरीवृत्त गौशालाको हिरासतमा पु¥यायो । हाल लामिछाने अनुसन्धानका क्रममा छन् । सन्दीपउपरको आरोप पुष्टि होला नहोला, त्यो अनुसन्धान परिणामले नै बताउने कुरा हो । आरोप लाग्दैमा सबै आरोपित दोषी प्रमाणित हुँदैनन् । तथापि, आत्मसमर्पण गर्न प्रहरीसामु आइपुगेको सन्दीपलाई हतकडी आवश्यक थियो÷थिएन ? यो सर्वसाधारणको मुख्य चासोकै विषय बन्यो ।
गम्भीर प्रकृतिको अपराधमा संलाग्न अपराधी, पेसेबर अपराधी, पटके अपराधी, फरार जघन्य अपराधी तथा रेड वा छापामारी पक्राउ गरिएको अपराधीलाई कब्जामा लिँदा प्रहरीले अनिवार्य हतकडी लगाई कार्यालयमा ल्याउनु पर्छ । हतकडी लगाउनुको उद्देश्य अभियुक्त वा अपराधी नभागोस् भन्ने नै हो । किनकि, गम्भीर प्रकृतिको अपराधमा संलग्न व्यक्ति जनुसुकै बेला पनि भाग्न सक्छ । कथंकदाचित प्रहरीको कब्जाबाट कसुरदार भागेमा उसलाई बेपत्ता बनाइएको आरोप प्रहरीलाई लाग्न सक्छ ।
प्रहरीको कब्जामा रहेको कसुरदार भागेमा प्रहरीउपर विभागीय मात्र होइन, फौजदारी अभियोग नै लाग्न सक्छ । प्रहरीको कब्जाबाट भागेको अपराधीकै आफन्तले व्यक्तिलाई लुकाएर पक्राउ गर्ने प्रहरी कर्मचारीउपरै ज्यानमुद्दा हालेको विगतको दृष्टान्त नभएका होइन । यसर्थ, प्रहरीले आप्mनै सुरक्षार्थ र आरोपितकै सुरक्षालाई दृष्टिगत गरी गम्भीर प्रकृतिको अपराधमा संलग्न व्यक्तिलाई हतकडी लगाउनु पर्छ ।
तर, सन्दीप लामिछानेको आरोप गम्भीर भए पनि उनको पक्राउको अवस्था भने यस्तो गम्भीर प्रकृतिको होइन । किनकि, सन्दीप त आफैं प्रहरीसमक्ष आत्मसमर्पण गर्ने उद्देश्यले नै विदेशबाट आएका थिए । आफैं उपस्थित हुन आएको व्यक्तिलाई सुरक्षाकर्मीको घेराभित्र हतकडी लगाइरहन आवश्यक पर्दैनथ्यो । तर, प्रहरीले हतकडी लगाएर आप्mनो बहादुरी प्रस्तुत ग¥यो । यदि, सन्दीप लामिछाने फरार अवस्थामा वा कुनै विशेष स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको भए हतकडी लगाएर ल्याउँदा प्रहरीको बहादुरी प्रदर्शित हुन्थ्यो । तर, विमानस्थलको सुरक्षा घेराभित्र सन्दीपलाई लगाइएको हतकडी सर्वसाधारणको नजरमा अशोभनीय देखियो । तथापि, सुरक्षाकर्मीको नजरले हेर्दा हतकडीको प्रयोग अनुचित होइन ।
कुनै प्रकारको घटना नभएको सुशान्त अवस्था सुरक्षा व्यवस्था सुदृढ रहेको संकेत हो तर यस्तै सुशान्त अवस्थाबीच सामान्य अप्रिय घटना भइहाले शतप्रतिशतै सुरक्षा व्यवस्था फितलो देखिन्छ । क्षणभरमै अप्रिय घटना हुन सक्छ । यसैले, सुरक्षाकर्मीले लक्षित व्यक्तिउपरको देखभाल र सुरक्षा व्यवस्थामा कुनै कमीकमजोरी हुन दिनु हुँदैन । यसैले, सुरक्षा कार्य आफैंमा संवेदनशील हुन्छ भनिएको हो । कहिलेकाहीँ रिक्स लिएरै प्रहरीले कब्जामा परेको कसुरदारउपर नरम व्यवहार अपनाएर हतकडी नलगाउन पनि सक्छ तर त्यस्तो अवस्थामा सुरक्षा चुनौती निम्तिए सम्बन्धित प्रहरी कर्मचारीले कारबाहीको भागिदार बन्नुपर्ने अवस्थालाई दृष्टिगत गरी प्रहरी कठोर बन्नु स्वाभाविक हो । यसलाई समाजले पनि अन्यथा ठान्नु हुँदैन ।
सामान्यतया व्यवहारमा वृद्ध, अशक्त, अपांग तथा अपराधको प्रकृतिअनुसार प्रहरीलाई भाग्दैन भन्ने विश्वास भएको सामान्य कसुरमा संलग्न व्यक्तिलाई प्रहरीले हतकडी प्रयोग नगर्न सक्छ । तथापि, यो अवस्थामा पनि सुरक्षा चुनौती आइलाग्न सक्छ । चुनौती कसुरदारकै तर्फबाट मात्र निम्तँदैन । उसका शुभचिन्तक, आफन्त, साथीसंगी र परिवारकै सदस्यबाट पनि निम्तन सक्छ । यस्तो सम्भाव्यताउपर प्रहरीले अग्रिम सावधानी अपनाउनु पर्छ । कसुरदार सम्बद्ध व्यक्तिबाट चुनौती निम्तन सक्ने अवस्था भए अशक्त अवस्थाको कसुरदारलाई पनि प्रहरीले हतकडी लगाउनु पर्छ । यो प्रहरी व्यवहार सम्बन्धित सामान्य कुरा नै भए पनि पछिल्लो समयमा आलोचित बन्दै आएको छ । यसको जड पनि अन्य नभएर प्रहरी व्यवहारमा देखिएको तिक्तता नै हो । पछिल्लो समयमा प्रहरीले जनविश्वास जित्न सकेको छैन ।
प्रहरीको व्यवहार स्वच्छ, पारदर्शी र मिजासिलो भए अपराधमा संलग्न कसुरदारलाई जनताले नै प्रहरीलाई सुम्पन्छन्
राजनीतिक प्रभावको कारण प्रहरीउपर शक्तिको छाप पर्दै आएको छ । सत्ता प्रभावित प्रहरी कार्य स्वच्छ र पारदर्शी नभएको आशंकाले जनताले प्रहरीलाई नकारात्मक दृष्टिले हेर्ने क्रम बढ्दो छ । प्रहरीको कब्जामा परेको व्यक्ति भाग्न सफल भए वा अन्य कसैको माध्यमबाट भगाइए लिन खान गरेर प्रहरीले कसुरदार भगायो भन्ने आरोप लाग्छ । यस्तो अनर्गल आरोपबाट मुक्त हुन पनि व्यवहारमा प्रहरी कठोर बन्नु पर्छ । यसलाई समाजले सामान्य रूपमा लिनु पर्छ । प्रहरी प्रशिक्षणमा समसामयिक रूपमा सुधार नगरिँदा पनि जनतासँगको प्रहरी व्यवहारमा अपेक्षाकृत रूपमा सुधार आउन सकेको छैन । जसले एकअर्काबीचको विश्वासको संकट झन् बढ्दो छ । प्रहरीको कर्मथलो समाज भएकाले प्रहरीको समाज सम्बद्ध व्यवहार सुदृढ र मृदुभाषी बनाउन विशेष प्रशिक्षणको आवश्यक छ । प्रहरी व्यवहारमा सुधार नआउनुका अन्य कारण पनि छन् । यसमध्ये प्रहरी जनताको भन्दा सत्ता शक्तिको पूजारी बन्नु, प्रहरीको सत्ता शक्ति प्रभावित शासकीय व्यवहार, नेता पिछलग्गु प्रवृत्ति, तल्लो तहदेखि उपल्लो तहसम्म हुने आन्तरिक स्वार्थको प्रतिस्पर्धा, संगठनात्मक एकतामा आएको ह्रास, कमजोर चेन अफ कमान्ड तथा औपचारिकतामा आधारित आधारभूत प्रशिक्षण प्रमुख हुन् ।
प्रारम्भमा अर्धसैनिक बलकै रूपमा स्थापित भएको प्रहरीको स्वरूप समयसापेक्ष सुधार हुँदै आएको भए पनि प्रहरी पूर्ण रूपमा आधुनिक बन्न सकेको छैन । प्रहरीलाई परिवर्तित परिवेशअनुरूपै जनसेवामा समर्पित गराउन नदिने प्रमुख बाधक पनि सत्तामा पुग्ने नेताहरू नै हुन् । प्रहरीलाई सत्ताको औजार बनाउँदै आएका नेताले नागरिक सेवामा प्रहरीलाई एकत्रित हुनै दिएनन् । यही पृष्ठभूमिमा प्रहरी अधिकारीबीच नै उत्पन्न भएको स्वार्थको प्रतिस्पर्धाले संगठनभित्र विकृतिलाई नै बढावा दियो । सत्ता प्रभावित विभेदित प्रहरी व्यवहारले उल्टै जनविश्वास कुठाराघात ग¥यो । एकेडेमिक शिक्षालाई महŒव दिँदा सामाजिक व्यवहार, भातृत्व भावना, जनतासँगको सन्निकट सम्बन्ध एवं सहयोगको आदान–प्रदान उत्कृष्ट हुन सकेन । व्यवहारमा सुधार ल्याउन प्रहरीले समय समयमा अपनाउँदै आएको प्रयासले निरन्तरता पाउन नसक्दा नारामा मात्र सीमित बन्दै आयो । छोटो एवं अस्थिर प्रहरी नेतृत्वको कारण सुधारका दीर्घकालीन योजना आउन सकेनन् । सुदृढ र मजबुद बन्नुपर्ने यस्तै पेसागत आधारभूत पक्षमा ह्रास आउँदा त्यसको नकारात्मक असर सोझै जनतामा पर्नु स्वाभाविक हो ।
औपचारिक शिक्षाले मात्र प्रहरीको व्यवहार समसामयिक हुँदैन । प्रहरी व्यवहारलाई समसामयिक रूपमा मृदृभाषी र सेवामुखी बनाउन अहिले अलग्गै व्यावहारिक शिक्षा प्रदान गर्नु पर्छ । नेताको होइन, प्रहरीलाई जनताको भक्त बनाउनु पर्छ । सबैलाई वृत्तिविकासको समान अवसर प्रदान गर्नु पर्छ । सरुवा बढुवाको मापदण्ड स्थिर गराउनु पर्छ । नेताको इसारामा प्रहरीलाई नचाउनु हुँदैन । मुलुकको भौगोलिक क्षेत्रको आधारमा सामाजिक व्यवहार र संस्कार फरक हुने भएकाले सरुवा भई आउने नयाँ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले नै स्थानीय सामाजिक वातावरण जानकारी गराउन ‘एकहप्ते’ कार्यक्षेत्र पहिचान अनुशिक्षण तालिम प्रदान गर्नु पर्छ । आधारभूत प्रशिक्षणलाई औपचारिकताामा मात्र सीमित नगराई कार्यक्षेत्रमा पुगेर निसंकोच कार्य गर्न सक्ने दक्ष प्रहरी बनाउनु पर्छ । जनतासँग कस्तो व्यवहार गर्ने, सहयोगको आदान–प्रदान कसरी गर्ने, पारदर्शी व्यवहार कार्यशैली कसरी अपनाउने ? भन्ने शिक्षा प्रहरीलाई आधारभूत प्रशिक्षणमै प्रदान गर्नु पर्छ ।
यो अवस्थाको दक्ष प्रहरी कार्यक्षेत्रमा पुगे उसको काम कार्यबाटै सर्वसाधारण नागरिक आकर्षित बन्छन् । प्रहरीउपर अपनत्वको भावना बढ्छ । प्रहरीको व्यवहार स्वच्छ, पारदर्शी र मिजासिलो भए अपराधमा संलग्न कसुरदारलाई जनताले नै प्रहरीलाई सुम्पन्छन् । इमानदार एवं नैतिकवान् कसुरदारलाई प्रहरीले हतकडी लगाइरहनै पर्दैन । गम्भीर अपराधमा संलग्न व्यक्ति’boutको जानकारी जनताले स्वेच्छिक रूपमै प्रहरीलाई दिन्छन् । यो अवस्थाको प्रहरी कार्य लोकप्रिय हुने भएकाले प्रहरीले उच्च मनोबलका साथ कार्य गर्छ । यसतर्फ सम्बन्धित सबैले ध्यान पु-याउनु पर्छ ।






