सप्तरी–२ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि

सप्तरी । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं-२ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय ५९ मत प्राप्त गर्दा यादवले भने ६ हजार नौ सय ५१ मत प्राप्त गरेका छन् । राउतको छ हजार आठ सय आठ मत बढी छ ।

तेस्रो स्थानमा रहेएका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने दुई हजार आठ सय ५७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीमा सुदूरपश्चिमका १३५ नागरिक सम्पर्कविहीन