एकै परिवारका ८ जनाको मृत्यु, दाह संस्कार गर्ने मान्छे समेत भएन

काभ्रे । गत मंगलबार साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ । प्रहरीले सनाखत गरी ९ वटा शव मृतकका आफन्तलाई बुझाएको छ भने एकै परिवारका ८ जनाको शव आफन्त नहुँदा अझै धुलिखेल अस्पतालमै छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार मृतक १७ जनाकै पोस्टमार्टम भैसकेको र तीमध्ये नौ जनाको शव परिवारले बुझेर धार्मिक रीतिरिवाजअनुसार दाहसंस्कारका लागि लगेका छन । बाँकी ८ वटा शव बुझ्ने आफन्त नहुँदा धुलिखेल अस्पतालमै रहेको न्यौपानेले बताए । उनीहरूको परिवारमा दुईजना घाइते अवस्थामा रहेका छन् भने एकजना विदेशमा रहेका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरू :
१) ललितपुर जिल्ला महांकाल गाउँपालिका ६ बस्ने वर्ष तेजप्रसाद तिमल्सिना (चालक)
२) काभ्रे जिल्ला बनेपा ११ बस्ने कोपिला तामाङ
३) काभ्रे जिल्ला बनेपा ११ बस्ने कुमार तामाङ
४) काभ्रे जिल्ला बनेपा ११ बस्ने पुष्कर तामाङ
५) काभ्रे जिल्ला बेथानचोक गा।पा। ४ बस्ने रविन तामाङ
६) काभ्रे जिल्ला बनेपा ११ बस्ने निर्मला तामाङ
७) काभ्रे जिल्ला बनेपा ११ बस्ने मन्जु तामाङ
८) काभ्रे जिल्ला तेमाल ८ बस्ने टीकालक्ष्मी तामाङ
९) काभ्रे जिल्ला तेमाल ८ बस्ने गुरुलक्ष्मणदास तामाङ
१० ) मकवानपुुर जिल्ला इन्द्रसरोवर १ बस्ने समीक्षा थिङ
११) काभ्रे जिल्ला बनेपा ११ बस्ने हेमा तामाङ
१२) काभ्रे जिल्ला मण्डनदेउपुर १ बस्ने चेलिमाया तामाङ
१३) काभ्रे जिल्ला बनेपा ११ बस्ने आकुर तामाङ
१४) काभ्रे जिल्ला बनेपा १४ बस्ने रामकुमार तामाङ
१५) काभ्रे जिल्ला बनेपा ११ बस्ने बुद्ध तामाङ
१६) काभ्रे जिल्ला बनेपा १४ बस्ने गीता श्रेष्ठ
१७) काभ्रे जिल्ला बेथानचोक ५ बस्ने मञ्जु तामाङ


डिएसपी न्यौपानेले भने, ‘सानो नानी र परिवारको कान्छो छोराको उपचार भइरहेको छ । आफन्त नभएको कारणले अहिले सम्म शव बुझेको छैन, आफन्त आएर शव बुझ्ने कुरा आएर कुरा छ ।’

एकै परिवारका ८ को मृत्यु

उक्त बस दुर्घटनामा परी एकै परिवारका ८ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका –११ का निर्मला तामाङ, कुमार तामाङ, आकुर तामाङ, हेमा तामाङ, बुद्ध तामाङ, मञ्जु तामाङ, कोपिला तामाङ र पुष्कर तामाङ छन । उनीहरू सबै एकै परिवारका हुन् ।
मृतक कुमार तामाङका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने मृतक बुद्ध तामाङ र कोपिला तामाङकी आठ वर्षीय छोरी श्रेया तामाङको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

सूचना अधिकारी न्यौपानेका अनुसार २२ जना घाइतेमध्ये २ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने बनेपास्थित शीर मेमोरियल अस्पतालमा आठ जना, धुलिखेल अस्पतालमा नौ जना र बाँकी तीन जना काठमाडौंको बि एन बी र भक्तपुरमा उपचाररत छन ।

पीडितलाई क्षतिपूर्ति दिन यातायात व्यवसायी सहमत

बेथानचोक गाउँपालिका–ं४ चलाल गणेशस्थान नजिकै मंगलबार भएको बस दुर्घटनाका मृतक तथा घाइतेका आफन्त र यातायात व्यवसायीबीच क्षतिपूर्तिका सम्बन्धमा सहमति भएको छ । दुर्घटनाका पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सहमति भएको हो ।
बुधबार दिउँसो २ बजे बसेको बैठकमा दुर्घटनामा घाइतेको आवश्यक उपचार गराउन र मृतकलाई कानुनअनुसार क्षतिपूर्ति प्रदान गराउन पुण्यमाता यातायात प्रालि प्रतिबद्ध रहेको सो संस्थाका अध्यक्ष राजेशसुन्दर सैँजुले बताए ।

अहिले तत्कालका लागि दाहसंस्कार गर्न मृतकका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको सैँजुले बताए । बस दुर्घटनाबाट मृत्यु भएकाहरूलाई उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त र घाइतेले यसअघि पनौतीबाट चल्ने सार्वजनिक यातायात अवरुद्ध गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 525 times, 1 visits today)

epaper

ताजा समाचार

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका