स्याङ्जामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चालकसहित १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन् ।

गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग१ज ६५३४ नम्बरको जिप साँझ करिब पौने ६ बजे दुर्घटनामा परेको हो । उकालोमा नियन्त्रण गुमाउँदा जिप दुर्घटनामा परेको जनाइएको छ ।

बोलेरोमा कति जना सवार थिए भन्ने यकीन हुन बाँकी छ । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे