बाणगंगा नदीमा एक युवा हाम फालेको आशंका

कपिलवस्तु । जिल्लाको बाणगंगा नदीमा एक युवा हाम फालेको आशंकामा प्रहरीले खोजी गरिरहेको छ । कपिलवस्तु नगरपालिका वडा १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्मा नदीको रामघाट पुल बाट हाम फालेर डुबेको आशंकामा खोजि गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फोन लोकेसन ट्रयाक गर्दा रामघाट पुल देखिएपछि अनुसन्धान जारी गरेको थियो । प्रहरीले बर्माले प्रयोग गर्दैआएको एउटा फोन पुल माथि फेला पारेको छ । फोन भेटिएपछि नदीमा हामफालेको आशंका गरिएको छ ।

आज बिहीबार ४ बजेदेखि सशस्त्र प्रहरी २८ नम्बर गणको टोली खोजलतासमा खटिएको गणपती सूर्यबहादुर सेनओलीले बताए । बर्मा बुधवार विहान ९ बजेदेखि बेपत्ता भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 441 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशीमा कारसहित बेपत्ता तीन जनाको खोजीका लागि बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन