राष्ट्रिय सहकारी बैंकका संचालक समितिमा १० जना निर्विरोध ५ पदका लागि निर्वाचन हुने


नेपालको सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडेको १५ सदस्यीय संचालक समिति र ३ सदस्य लेखा सुपरिवेक्षण समितिको निर्वाचनका लागि बिहिबार उम्मेदवाहरुको अन्तिम नामावली प्रकाशन भएको छ । जसअनुसार संचालक समितितर्फ अध्यक्षसहित १० जना निर्विरोध भएका छन् भने पाँच जना संचालक सदस्यका लागि निर्वाचन हुने छ । लेखा सुपरिवेक्षण समितिको संयोजक निर्विरोध हुने भएका छन् भने दुई सदस्य पदका लागि निर्वाचन हुने छ ।
अध्यक्ष पदमा केवी उप्रेती दोस्रो कार्यकालका लागि निविरोध भएका छन् । बैंकको १६ पुसमा १९ औं बार्षिक साधारण सभा तथा निर्वाचन हुने छ । १५ संचालक समितिमा खुला प्रदेश ५ जना, प्रदेशबाट महिला २ जना, सदस्य खुल्ला ४, खुला महिला ३ जना निर्वाचित हुने व्यवस्था रहेको छ । जसअन्तर्गत खुल्ला प्रदेशतर्फ प्रदेश १ बाट महेन्द्र कुमार गिरी, मधेस प्रदेशबाट विश्वनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाई, गण्डकी प्रदेशबाट रामबादुर जि.सी निर्विरोध भइसको छन् । कर्णाली प्रदेशमा दुईजनाको उम्मेवारी परेकाले निर्वाचन हुने भएको छ । जसमा कालिकोट हिमचुली कृषि सहकारी संस्थाका कालीबहादुर महतारा र खुर्सेतको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाका विशाल केसीबिच प्रतिस्पर्धा हुने भएको छ ।
प्रदेशतर्फ दुई महिला निर्विरोध भएका छन् । जसमा लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदुरपश्चिम प्रदेशबाट शिवा थापा निर्विरोध भएक छन् । संचालक समितिको चार खुला पदका लागि भने १६ जनाको उम्मेदवारी परेको छ । जसमा डा. जीवन कुमार श्रेष्ठ, धुव्र नारायाण यादव, केदार मानन्धर, माधवलाल देवकोटा धुव्रराज विष्ट, मनोकुमार थापामगर, स्यम्भु नाथ यादव, बाबुराम घिमिरे, निरन्जन सुवेदी, राजेन्द्रप्रसाद रिजाल, भरत प्रसाद दवाडी, टिकाराम चालिसे, नवराज न्यौपाने, मनोज भण्डारी, हरिबहादुर खड्का, माधव दुलालको उम्मेदवारी परेको छ । ण्
संचालक समिति तीन खुला महिला सदस्यमा निर्विरोध भएको छ । जसमा अमृता खुब्बा, तारा गुरुङ, पार्वती थापा निर्विरोध भए ।
लेखा सुरपरिवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद उप्रेती निर्विरोध भएका छन् । लेखा सुपरिवेक्षण समिति सदस्य खुला १ पदका लागि चार जनाको उम्मेदवारी परेको छ । भवानी प्रसाद दंगाल केशव प्रसाद सापकोटा, महेश कुमार आचार्य, गणेशबहादुर चन्दबिच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समिति १ महिला सदस्यमा दुइृ जनाको उम्मेदावारी परेको छ । जसमा कृष्णाकुमारी राजवंशी –थापा) र चन्द्रकुमारी पराजुलीबीच प्रतिस्पधाृ हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 695 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी