बुद्धभुमिको बुड्ढी तालमा जाडो छल्न आएका आगन्तुक चरा असुरक्षित

पिलवस्तु । जाडो मौसम सुरु भएसंगै जाडो छल्न बुद्धभुमि नगरपालिकाको बुड्ढी तालमा आएका आगन्तुक चरा असुरक्षित भएका छन् । तालमा रहेका पानी चरा, जाडो छल्न आएका आगन्तुक चरा, रैथाने चराहरूलाई स्थानीयले पासोमा फसाउने, गुलेलीले हानेर मार्ने गर्दा चरा असुरक्षित बनेका हुन् ।

स्थानीयले तालको आसपासमा जथाभावी रूपमा माछा मार्न जाल थाप्ने गरेको फेला परेको चरा संरक्षण सङ्घका फिल्ड बायोलोजिस्ट दिलीप चन्दले बताए । जसका कारण चराहरू मानिस नजिक देखेपछि उडेर भाग्ने गरेका छन् ।

गत शुक्रवार चरा गणना गर्ने क्रममा तालको आसपासमा माटिकोरे (किङ्ग फिसर ) चरा, हुँचिल (लाटोकोसेरो) को प्वाँख समेत फेला परेको चरा गणनामा खटिएका भएका नेचर गाइड इश्वरी प्रसाद चौधरीले बताए ।

केही वर्ष पहिले तालमा निकै चरा आउने गरेपनि पछिल्लो समय तालमा जाडो छल्न आउने चराको संख्या घटेको छ । जाडो छल्न आउने आगन्तुक चराको उचित संरक्षणमा स्थानीय सरकारले चासो नदेखाउने र चराको चोरी शिकारी हुँदा आगन्तुक चरा घट्दै गएको हो ।

करिब ७ सयदेखि ८ सयको हाराहारीमा चरा देखिएको र २१ प्रजातिका चरा फेला पारेको पन्छी संरक्षण सङ्घले जनाएको छ । तालमा सबैभन्दा धेरै संख्याका आगन्तुक चरा सिलसिले हाँस रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने