महोतरी । महोत्तरीको मनरासिस्वा नगरपालिका ८ कटैया गाउँमा ट्याक्टरले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका ८ का १४ वर्षीय मन्जर अंसारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
तिव्र गतिमा आउँदै गरेको ज.१त.५२४१ नम्बरको ट्याक्टरले आफ्नै घर अगाडि उभिरहेका बालक अंसारीलाई पछाडिबाटै अचानक ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए भने गम्भिर बालकलाई उपचारको लागि स्थानिय स्वास्थ्य क्लिनिकमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 364 times, 1 visits today)






