भोलीदेखि जनकपुरधाम बन्द हुने


जनकपुरधाम । कोरोना भाइरस संक्रमणको प्रभाव बढ्दै गएपछि जनकपुरधाम बजार बन्द हुने भएको छ । जनकपुर उद्योग वाणिज्य संघले कोरोना संक्रमण भित्रिन नदिन भोलिदेखि जनकपुधाम बजार बन्दकोे घोषणा गरेको छ । संघका पदाधिकारीको सोमबार बसेको बैठकले कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजरी गरी मंगलबारदेखि चैत १६ गतेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण व्यवसायिक प्रतिष्ठानहरु बन्द गर्ने निर्णय गरेको छ ।

जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले सम्पूर्ण वस्तुगत संघसंस्थाहरुको सुझावअनुसार भोलिदेखि चैत १६ गतेसम्म जनकपुर बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

बजार क्षेत्रमा भीडभाड हुन नदिन अत्यावश्यकबाहेक अन्य सम्पूर्ण पसलहरु मंगलबारदेखि बन्द रहने उनले बताए ।
दैनिक उपभोग्य वस्तु, दुधजस्ता अत्यावश्यक सामग्रीबाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गर्ने निर्णय वाणिज्य संघले गरेको वरिष्ठ उपाध्यक्ष साहले जानकारी दिए ।

यसअघि आइतबार बसेको वाणिज्य संघको बैठकले कोरोना भाइरसको महामारीका कारण कुनै पनि समय बजार बन्द गर्ने अवस्था आउनसक्ने भन्दै सबैलाई तयार भएर बस्न आग्रह गरेको थियो । चेम्बर अफ कमर्शले आइतवार वैठक गरी जनकपुरधाममा बजार बन्द गर्ने निर्णय गरिसकेको छ । भारत बिहार राज्यको पटनामा कोरोना संक्रमणबाट एकजनाको ज्यान गएपछि जनकपुरधामसहितको क्षेत्रमा त्रास उत्पन्न भएको छ ।

कोरोना त्रासका कारण जनकपुरधाम बजार क्षेत्रमा मानिसहरुको चहलपहल पातलिएको छ । मानिसहरुको चहलपहलमा कमी भएपछि स्थानीय रुटमा चल्ने सार्वजनिक यातायातका साधनहरु समेत न्यून संख्यामा गुडेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 479 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ