धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको उपचार गर्नका लागि ७ सय ५० बेड तयार गरेको छ ।
तयारी अवस्थामा राखिएका बेड आवश्यकता अनुसार क्वारेन्टाइन र उपचारका लागि प्रयोग गर्न सकिनेछ ।
सरकारी र निजी अस्पतालका साथसाथै, खेलमैदान, विभिन्न नसिङ तथा प्राविधिक शिक्षालय र खुला क्षेत्रमा गरेर ७ सय ५० वटा वेड तयार गरिएको छ । यस्तै गरेर पहाडका सात जिल्लामा थप ५÷५ बेड तयारी अवस्थामा रहेको सोमबार मात्रै धनगढीमा रहेको जिल्ला खेलकूद समितिको मैदानमा ४० जना अटाउने गरेर २० वटा अस्थायी टेन्ट गाडिएको छ ।
यस्तै गरेर ठूलो क्षेत्रमा रहेको जिल्ला समन्वय समितिको कर्मचारी आवास क्षेत्रमा प्रि फ्यावको घर बनाउन तयारी शुरु भएको छ ।
यसैबेला नेपाल सरकारले आइतबारदेखि भारतको सीमानाकाबन्द गरेको भएपनि सोमबार विहान सरकारको आदेशबाट धनगढीस्थित त्रिनगरनाकाबाट दुई हजार एक सय नेपालीलाई नेपाल आउन दिएको त्रिनगर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महादेव भट्टले बताए ।






