होलीको रंगमा पनि मिसियो राजनीतिक रंग

वीरगन्ज । पर्वलाई प्रयोग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी सुदृढिकरण समितिले आफ्ना गतिविधि अगाडी बढाएको छ । ‘सर्वेः भवन्तुः सुखिन’ अर्थात सबै जनता सुखी हुने कदम नभएको भन्र्दै होली मिलन समारोहमा नै राप्रपाले राजनीतिक रंग पनि पोतिदिएको हो ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा फागु पर्वको अवसर राप्रपाले आयोजना गरेको होली मिलन समारोहमा उसले पार्टी सुदृढीकरण कार्यक्रम पनि गरेको छ । केन्द्रमा राजा फर्काउन दुर्गा प्रसाईंहरु रोडमा उत्रिएको समयमा पर्सामा पनि राजा पक्षधर पार्टी राप्रपाले आफ्नो गतिविधिलाई बढावा दिएको छ । उसका कार्यक्रममा अक्सर राप्रपाका ज्येष्ठ नेताहरु मात्र देखिने विगतलाई बिर्साउँदै आईतबार भने युवाहरुको पनि उल्लेख्य उपस्थिति रहेको भेटियो ।

गणतन्त्र पक्षधर नेताहरुको कार्यशैलीले आजित नागरिकहरुलाई पार्टीमा फर्काउन राप्रपा र रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले केही सफलता पाएको गएको निर्वाचन मात्र नभई पूर्वबाट आक्रामक ढंगले पश्चिम महाकाली हुँदै काठमाण्डौ उत्रेका दुर्गा प्रसाईंहरुको प्रदर्शनले गाउँ टोलमा पुराना राजावादीहरुसँगै केही युवाहरु पनि यता आकर्षित हुन थालेका छन् । उनै युवाहरुलाई केही प्रशिक्षण समेत हुनेगरी राप्रपाको पार्टी सुदृढीकरण समिति पर्साले होली मिलन समारोहमा युवाहरुलाई झन आकर्षित पार्न भ्याएको हो ।

पार्टी सुदृढीकरण सँगैको होली मिलन समारोहमा किरण सत्याल, तुलसी भण्डारी, वीरेन्द्र साह लगायत पत्रकारहरुलाई समेत दोषल्ला ओढाएरै सम्मान गरी गणतान्त्रिक पक्षधर दलहरुले पत्रकारहरुलाई कहिले पर्सामा नसम्झेको काम पनि राप्रपाले गर्दै सकारात्मक संदेश दिन भ्याएको छ । कुनै पार्टीले नसम्झने संचारकर्मीलाई राप्रपाले सम्झिएकोमा यो शैली छुट्टै भएको पर्साका अग्रज पत्रकारहरु मध्येका कल्याण हाडा र किरण सत्याल लगायतको तर्क पनि छ ।

अबिरसँगै रंगिएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले संघीयताले देश आर्थिक हिसाबमा जर्जर बनेकोले यो राष्ट्र बचाउन अब ढिलो गर्न नहुने र राजा र प्रजा सहितको संघीयता रहित व्यवस्था पुनः ल्याउन पर्ने दावी गरे । विश्वकै एक मात्र हिन्दुराष्ट्र र राजतन्त्र हटाउन नेपालका गणतन्त्रवादी राजनीतिक दलले कुनै एजेण्डा विना विदेशीको चंगुलमा कदम उठाएको भन्दै पर्साका पूर्व जिविस सभापति तथा राप्रपाका पूर्व केन्द्रिय सदस्य शम्भु चौरसियाले त आरोप नै लगाए । जनताका नोकर सांसदहरुको बहुमतले मात्र हिन्दु राष्ट्र र राजतन्त्र फाल्ने निर्णय गरियो । यो निर्णयसँगै आएको गणतन्त्रले देश पाकिस्तानभन्दा तल जाने संकेत देखियो भनी उनले पुनः जनताको अभिमत लिन पर्ने तर्क गरे ।

संघीयता मुलुकले धान्न नसक्ने भन्दै राष्ट्रवादी युवा नेता वीरेन्द्र थापा, राप्रपाका पूर्व केन्द्रिय सदस्य विश्वनाथ प्रसाद साह, पर्सा उपाध्यक्ष राजेश गुप्ता, गया पासवान लगायतले विदेशी ईसारामा चल्ने सत्ताधारीहरुलाई जति चाडो विस्थापित गर्दै राजा र प्रजा मिलेर हिन्दु राष्ट्र फर्काउन पर्ने बताए ।

गणतन्त्र खारेज नगरे मुलुक नबच्ने र गरिबीसँगै हत्या हिंसा पनि बढेर जाने हुँदा पहिले नेपाल र नेपाली हुन सक्न पर्ने उनीहरुको तर्क छ । होली पर्वले देशको समुन्नतिका लागि छरितो व्यवस्था नीति अंगिकार गर्न सबैलाई सद्बुद्ध मिलोस् भनी राजनीति भाषा मिश्रित शुभकामना समेत उनीहरुले दिए ।

उता पर्सामा नै पत्रकारहरुले गरेको होली मिलन समारोहमा पनि शुभकामना दिने बक्ताहरुले स्वदेशी सामानको प्रयोग र आयात निरुत्साहित कार्यशैलीलाई अंगिकार गर्नपर्ने शुभकाना दिएका छन् । पर्सामा आइतबार विभिन्न ठाउँमा होली मिलन समारोह गरिएकाे छ । जसमा शुभकामना दिने अधिका‌स बक्ताहरुले राजनीतिक रंग पनि मिसाएर होलीको शुभकामना आदान प्रदान गर्न भ्याएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 310 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन