देश निर्माण युवा समाजद्धारा बृहत रक्तदान सम्पन्न

ललितपुर । देश निर्माण युवा समाज नेपालको आयोजनामा बृहत रक्तदान एवं निशुल्क दन्त परिक्षण सम्पन्न भएको छ ।

संस्थाका संस्थापक अध्यक्ष खेम बहादुर बुढाथोकीको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्रका निर्देशक दिब्यराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । संस्थाका सल्लाहाकार गोकुल थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला वातावरण समुहकी उपाध्यक्ष कमला विष्ट, ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोलका कार्यकारी सदस्य लक्ष्मी शर्मा, भरोसा संस्थाका एड्भोकर लिला महर्जन, कानदेवता थान प्रहरी वृत्तका प्रहरी सहायक निरिक्षक प्रकाश पाण्डै लगायतको सहभागिता थियो ।

संस्थाका अध्यक्ष शिशिरले अबदेखी संस्थाले लाइभ ब्लड सेन्टर सुरुवात गर्ने बताए । साथै उनले आगामी दिनमा कसैलाई रगत अभाव भएमा आफ्नो संस्थालाई सम्झिन आग्रह गरे ।

प्रमुख अतिथि पौडेलले संस्थाले दोस्रो पटक कार्यक्रम आयोजना गरेकोमा आफु हर्षित भएको बताए । शिविरमा एपेक्स डेन्टर केयर र भरोसा संस्थाले चिकित्सक र चेकजाँचका लागि स्वयंसेवी एवं स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित