हड्सन र अर्टेटा कोरोनामुक्त

लन्डन । इंग्लिस क्लब चेल्सीका युवा विंगर कलुम हड्सन ओडोई र अर्काे इंग्लिस क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मुक्त भएका छन् ।

कलुम हड्सन ओडोई कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको क्लबले जनाएको छ । ‘सेल्फ क्वारेन्टाइनपछि हड्सनले अहिले निकै राम्रो अनुभव गरिरहेको छ । यो उनी र चेल्सीको लागि सुखद समाचार हो । हाम्रा किशोरले कोरोना पार गरेका छन् । उनी अहिले फिटनेसको स्तर बढाउँदै छ । अप्रिल ३० सम्म खेल स्थगित छन् । अब उनी मैदान फर्कन तयार छन्,’ चेल्सीको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

कोरोनाबाट मुक्त भएसँगै हड्सनले स्वास्थ्यको अनुसरण गरेको र यो दुई साता सबैबाट अलग रहेको बताउँदै अब छिट्टै सबैलाई भेट्ने र मैदान फर्कने इच्छा रहेको बताएका छन् । हड्सन कोरोना संक्रमण हुने पहिलो स्टार खेलाडी हुन् । १९ वर्षीय हड्सनले यो सिजन फ्रान्क लाम्पार्डको प्रशिक्षणमा मौका पाइरहेका छन् । उनले २५ खेलमा ३ गोल गर्नुका साथै ५ असिस्ट दिएका छन् ।

‘हाम्रो युवा विंगरले अहिले कोरोनाबाट मुक्त हुँदै आफ्नो फिटनेसका लागि घरमै प्रशिक्षण गरिरहेका छन् । जसरी चेल्सीका अन्य खेलाडीहरूले पनि घरमै फिटनेस गरिरहेका छन्,’ चेल्सीका प्रशिक्षक लाम्पार्डले भने, ‘उनले एक साताअघि नै आफूलाई राम्रो महसुस भइरहेको हामीलाई बताएका थिए ।

मलाई कलुमको मामलामा यो भन्न खुसी लागेको छ कि एनले अहिले ठूलो प्रगति गरेको छ । उनले अहिले सामान्य महसुस गरिसकेका छन् । जुन हामीले सुन्न चाहेको खबर हो ।’ यस्तै, प्रशिक्षक लाम्पार्डले क्लबका अन्य सदस्य पनि कोरोनाबाट सजग रहेको बताउँदै फुटबल खेल र समुदायलाई जिम्मेवारीपूर्वक कार्य जारी राख्न अनुरोध गरेका छन् ।

कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका प्रशिक्षक अर्टेटाले आफू कोरोनाबाट मुक्त भएको बताएका छन् । स्पेनिस टेलिभिजनस“ग कुरा गर्दै अर्टेटाले कोरोना भाइरसबाट मुक्त भएको र अहिले निकै राहत महसुस भइरहेको बताए । ‘कोरोनाको लक्षणले छोड्दा मलाई बढी राम्रो महसुस भइरहेको छ । अब मलाई निको भएको जस्तो लाग्छ,’ अर्टेटाले भने । अर्टेटालाई गत मार्च १२ मा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । अर्टेटालाई कोरोना देखिएपछि आर्सनलका खेलाडीहरू पनि आइसोलेसनमा बसेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा