उदयपुरको मोतिगडामा फेला प-याे पुरानो दरबारको अवशेष

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटबाट २ किलो मिटर दक्षिणमा इशा पूर्व पहिलो वा दोश्रो शताब्दीको गुप्तकालिन कलाशैलीको प्राचिन दरबारको भग्नावशेष फेला पारेको छ । ऐतिहासिक तथा पुरातात्विक महत्वका राख्ने पुरानो दरबार फेला पारेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका– ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखि क्याम्पस परिसरमा पुरानो दरबारको भग्नावशेष भेटिएका हुन । पुरातत्व विभागको पुरातत्व विद देवेन्द्रनाथ तिवारीको नेतृत्वको टोलीले गरेको उत्खननको क्रममा भग्नावशेष प्राचिन बस्तु तथा मूर्तिका टुक्रा, इटाको टुक्राहरु फेला परेको हो । दरबारको क्षेत्रको पुरानो इटाले बनेको वाल पनि फेला परेको छ ।

त्यहाँ पुरानो इटाको वाल भएको र इनार जस्तो देखिएको ठाउँमा उत्खनन गरि रहेको छ । साता लगाएर उत्खननमा फेला परेको अवशेष इशापूर्व पहिलो वा दोश्रो शताब्दीको हुन सक्ने दाबी गरिएको छ । मोतिगडा जसलाई स्थानीय बुढापाका र थारु समुदायमा मुढगडाको नामले परिचित छन् । थारु समुदायको कथन अनुसार जुवा खेल्ने क्रममा शाही राजा र सरस्वती रानी विच भएको बाजीमा रानीले जुवा जितेपछि राजाको टाउको काटेपछि यस ठाउँलाई मुढगडा नामाकरण भएको किबदन्ती रहेको छ । अहिले यस ठाउँलाई मोतिगडा भनिन्छ ।

दरबार क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्वका बिषयवस्तु पत्ता लगाउन पुरातत्व विभागको टोली आएर उत्खनन शुरु गरिएको पुरातत्व विद देवेन्द्रनाथ तिवारीले बताए । उनले प्रारम्भिक चरणमा दरबार क्षेत्रको माटोको ढिस्कोको रुपमा रहेको भागलाई रेखाङ्कन गरेर उत्खनन गरेको जनाएको छ ।

लिच्छवि वा गुप्तकालीन कलाशैलीका मुर्तिहरु हुन सक्ने अनुमान गरिएको उदयपुरको इतिहासका लेखक तथा बरिष्ठ पत्रकार कौशल चेम्जोङले बताए । उत्खननको क्रममा इशापूर्व पहिलो वा दोश्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको चेम्जोङले बताए । उनका अनुसार राजाको दरबार मुसलमानी आक्रमणमा प्राचीन सभ्यता नष्ट भएको अनुमान गर्न सकिन्छ । फेला पारिएका दरबार उत्खनन गर्न पुरातत्व विद प्रकाश दर्लान, फोटो ग्राफर रामचन्द्र श्रेष्ठ, प्राविधिक सहायक बिराट थापा, आर्चिटेक्ट इन्जिनियर रोशनी श्रेष्ठ लगायतको आएको थियो ।

टोलीले उत्खन्नका क्रममा भेटिएका मुर्ति तथा महत्व पुर्ण सामाग्री संरक्षणका लागि लिएको गएको जनाएका छन । पुरातत्व विभागलाई उत्खन्न गरि दिन त्रियुगा नगरपालिकाले लिखित रुपमा आग्रह गरेपछि उत्खन्न गर्न आएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले जानकारी दिए । पुरातत्व विभागको टोलीले त्रियुगा नगरपालिका– ८ बाघचौरीमा अवस्थितखाट मन्दिरको पनि उत्खनन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

epaper

ताजा समाचार

अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त मतदान प्रणाली माग्दै सर्वोच्चमा रिट