आईजीपी कुवरले लगाए फुली

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवरले दज्र्यानी चिह्न लगाएका छन् ।

गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृह सचिव विनोदप्रकाश सिंहले नवनियुक्त आईजीपी कुवरलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । १० चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कुवरलाई नेपाल प्रहरीको प्रमुख पद आईजीपीमा नियुक्त गरेको थियो ।

दज्र्यानी चिह्न ग्रहणपछि नवनियुक्त आईजीपी कुवरले प्रहरीको आन्तरिक शुद्धीकरणमा आफ्नो ध्यान केन्द्रित रहने बताए । उनले प्रहरी संगठनभित्र आफ्नो कुनै पनि गुट नभएको भन्दै सबैलाई निष्पक्ष रूपमा व्यवहार गरेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले आफ्नो लक्ष्य र योजना सफल बनाउन सहकर्मी अतिरिक्त प्रहरी महानिरीक्षकसग सहकार्य हुने स्पष्ट पारे । यस्तै, अपराधको रोकथाम, अनुसन्धानका साथै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसग समन्वय र सहकार्य गर्दै देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाउन आफ क्रियाशील रहने उनको भनाइ छ ।

दज्र्यानी चिह्न लगाएपछि कुवरलाई नेपाली सेनाका बलाध्यक्ष रथि सीताराम खड्का र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । त्यसपछि उनी पद बहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?