उपनिर्वाचनका लागि राप्रपाले तोक्यो कमान्डर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १० वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा पार्टीको कमान्डर तोकेको छ ।

सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा–२, चितवन–२ र तनहुँ–१ मा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गर्दै ती निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार’bout छलफल गर्न र पार्टीका उम्मेदवारलाई जिताउने वातावरण बनाउन कमान्डर तोकेको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा नीलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङ कमान्डर तोकिएका छन् । निर्वाचनका लागि पार्टीले तोकेका कमान्डरले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवार’bout निर्णय लिनेछन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गर्नेगरी निर्वाचन कार्यक्रम तय गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो