‘इम्ब्रियोनिक’ जापानको थियटरमा

पोखरा । इन्द्रेणी थिएटरको प्रस्तुतिमा रहेको ‘इम्ब्रियोनिक’ नाटक जापानी थियटरमा देखिने भएको छ । आगामी ८ र ९ अप्रिलमा जापानको इतावासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने इन्द्रेणी थिएटर अध्यक्ष एवं निर्देशक केदारनाथ पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाए ।

२०७६ सालमा स्थापना भएको संस्थाले नाटक तथा साहित्यका अन्य विधामा विभिन्न कार्यहरू गर्दै आएको छ । नाटकमा निर्देशक पौडेलसँगै, कपिल शर्मा र दीपेन्द्र पौडेलको पनि अभिनय छ । शिवहरि अर्याल र अर्जुन गुरुङले संगीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।

मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहारमध्ये एक हो । तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने खाने मर्ने जाने यो जीवनको मूल ध्येय भुलेर मानिस आर्जन र सम्पत्ति आर्जनमा व्यस्त छ । उनीहरु आफ्नै शरीरका हरेक अंगसँग बेखबर छन् । आफ्नै मुटुसँग बेखबर छन् । जो मानिस भ्रणदेखि मृत्यु शैयामा पुगुन्जेल आफ्नै रफ्तारमा चलिरहेको हुन्छ । नाटकमा प्रस्तुत यस्तै अर्थले मानिसलाई सोच्न बाध्य बनाउने छ । नाटकले मानव विकासक्रम र अन्त्यसम्मको संघर्षगाथा बताउने निर्देशक पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३