भन्सार छली ल्याइएको २१ टन चिनीसहित चालक पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको टिसिएन चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याएको २१ हजार किलोग्राम चिनिसहित ना ६ ख २९०३ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

कारोबारमा संलग्न भएको आशंकमा सिराहा धनगढीमाई–१० बस्ने ट्रक चालक वीरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।

१५ लाख ८५ हजार मुल्य बराबर उक्त चिनि आवश्यक कारवाहीका लागी राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 503 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनमा गुडिरहेको ईभी कारमा आगलागी, कारभित्र जलेको अवस्थामा एउटा शव फेला