सरकार भन्छ, संक्रमण भए अस्पताल जानुस्, अस्पताल भन्छ हाम्रोमा हैन अन्तै लानुस्


जनकपुरधाम । रुघाखोकीको विरामी देख्ने वित्तिकै चिकित्सकहरु उपचार गर्न डराउन थालेका छन । कतिपय अस्पतालमा भर्नासम्म गर्न मानेका छैनन् ।

यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीय मरनी देवी सदालाई प्रादेसिक अस्पतालले भर्ना गर्न मानेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी भइन् । पहिल्यैदेखि मुटुरोगी सदालाई ज्वरो आएर स्वास फेर्ने गाह्रो भएको थियो ।

बिरामी आमालाई छोरा कारी सदाले उपचारका लागि जनकपुरधाम उपमहानगरपालिका ८ स्थित गोदावरी मोर्डन अस्पतालमा भर्ना गराए । तर, त्यहाँ कार्यरत चिकित्सकहरुले मरनीलाई डाइगनोशिस गर्दा कोरोना भाइरस कोभिड १९ भनेर लेखिदिए । यस अस्पतालमा उपचार सम्भव नरहेको भन्दै ‘रेफर टु बेटर सेन्टर’ पूर्जामा लेखेर प्रादेशिक अस्पताल जनकपुरधाम लैजान सुझाए । यसपछि त कुनै अस्पतालले भर्ना गर्नै मानेनन् ।

बिहान १० बजे सदाले आमालाई अटोमा राखेर प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइपु-याए । आइसियुमा भर्ना त गराए । तर, चिकित्सहरुले अस्पतालको पूर्जा हेरेपछि मरनीलाई आइसियुको ढोकामा छिर्न समेत दिएनन् ।

आमाको स्वास्थ्य अवस्था बिग्रिदै गएको देखेपछि छोरा सदाले भक्कानिदैं चिकित्सकहरुलाई गुहारे । तर, कसैले छुन समेत मानेन् । उनले आमालाई अस्पतालको परिसरमा रहेको सेडमा सुताए र सहायता खोज्न चारैतिर दौडिए । सोही बेला प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादव आइपुगे । आमाको अवस्था देखाउँदै सदाले मेसु यादवलाई आइसियुमा भर्ना लिइदिन अनुरोध गरे । तर मेसु यादवले पनि उनलाई क्वारेन्टाइनमा राख्नुपर्छ भन्दै अस्पतालबाट १२ किलोमिटर टाढा नगराइन ५ गंगुलीमा हाल निर्माणाधिन क्षेत्रिय क्वारेन्टाइनमा लैजान सुझाव दिए ।

क्वारेन्टाइनसम्म लैजान एम्बुलेन्स चाहियो भन्दै सदा अस्पताल अगाडी उभिएका एम्बुलेन्स चालकहरु समक्ष पुगे । तर कसैले पनि उनको आमालाई एम्बुलेन्समा बोक्न मानेनन् । चारैतिरबाट हतास भएका सदा बिरामी छट्पटाउँदै गरेको आमा नजिकै गएर असमर्थ भई रुँदै रुँदै बसे ।

कोरोनाको कुनै पनि लक्षण देखिए अस्पताल जानुस् भन्दै सरकारले आह्वान गरिरहँदा जनकपुर स्थित प्रादेशिक अस्पतालले रुघाखोकीका बिरामी देख्दा समेत एम्बुलेन्सबाट ओर्लिनसमेत दिएको छैन् । ‘सेफ्टी इक्युपमेन्टनै छैन् चिकित्सकका लागि,’ मेसु यादव भन्छन, ‘रुघाखोकी र ज्वरोका बिरामी आएपछि उनीहरुको ट्राभल हिस्ट्री हेरेर भर्ना गर्ने वा नगर्ने निर्णय चिकित्सकहरुले गरिसकेका छन ्।’ ‘कोही यदि भारत वा अन्य देशबाट आएका छन् र कोरोनाको लक्षण देखिरहेका छन् भने त्यस्ता बिरामीलाई सोझै क्वारेन्टाइनमा लैजान भन्छौं ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ