कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने व्यक्तिको खोजी हुँदै

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal


धनगढी। प्रहरीले धनगढीमा कोरोना भाइरस (कोभिड १९) को पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्तिको पनि खोजी सुरु गरेको छ ।

चैत ११ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५, तारानगरका ३४ वर्षीय युवकमा कोरोना भाइसरको संक्रमण देखिएपछि रहेको र उनलाई अस्पताल ल्याएर भर्ना गरेका व्यक्तिको प्रहरीले खोजी थालेको हो।

कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले संक्रमित युवकलाई अस्पतालसम्म पुर्याउने ब्यत्तिःको खोजी सुरु गरिएकोबताए । संक्रमित युवकसँग अस्पताल पुगेका उनी अहिले प्रहरीको सम्पर्कमा छैनन्।

प्रबक्ता बस्नेतले युवकका सम्पर्कमा आएका अन्य व्यक्तिको पनि खोजी भइरहेको बताए । संक्रमित युवक दुबईबाट आएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य