काठमाडौं । यसअघि ’कैदीको पत्र’ निर्देशन गरेका सनम कुमार बैरागले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले लण्डनबाट नयाँ नेपाली चलचित्र ’सिद्धार्थ’ निर्माण गर्ने घोषणा गरेका हुन् । यो चलचित्रको बीस प्रतिशत छायाँकन बेलायतमा र बाँकी छायाँकन नेपालमा हुने पनि उनले बताएका छन् ।
यो चलचित्रमा नेपालबाट श्रीदेव र शारदाको साथमा दिनेश केसी र युके बाट दील घले र नबिन थापा निर्माता रहने छन् । भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो चलचित्र घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका छन् ।
यो चलचित्रको लागि कलाकार क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठ चयन भईसकेका छन् । बाँकी कलाकारको छनोट चाँडै हुने पनि निर्माता बिएलले बताएका छन् ।
यो चलचित्र निर्माण घोषणा कार्यक्रममा यती नेपाली एशोशियसका पूर्व अध्यक्ष उमेश राज मोक्तानले शुभकामना दिदै बेलायतबाट पनि नेपालीहरुले चलचित्र बनाएर नेपाली सिनेमा उधोगको विकाशमा टेवा पु-याएको बताए ।
चलचित्र निर्माता तथा निर्देशक कपिल रिजाल, निर्माता निकेश लिम्बु, पूर्व काउन्सिलर भगवान दाश चौहान, प्राध्यापक रुपक श्रेष्ठलगायतले यो चलचित्र निर्माणका लागि शुभकामना दिए ।






