कपिलवस्तु ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु. १ अर्ब १८ करोड २२ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरले शुक्रबार १३औँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो ।
वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर कुमार श्रेष्ठले नगरका गौरवका योजनालाई निरन्तरता अधुरा योजनाहरु पुरा गर्न उच्चतम जोड दिदै सामाजिक, आर्थिक तथा भौतिक पुर्वाधारहरु निर्माणसंगै गुणस्तरीयतामा वृद्धि, कृषि तथा पशु विकासको आधुनिकिरण, व्यवसायीकरण र बजारीकरण, प्रविधि मैत्री गुणस्तरीय सेवा आत्मनिर्भर र उद्यमशीलतामा जोड दिइएको श्रेष्ठले बताए।
एक वडा एक उत्पादन कार्यक्रम मार्फत १० वटै वडालाई कुनै एक वस्तुमा आत्मनिर्भर बनाउने नगर प्रमुख श्रेष्ठले बताए। नगरपालिकाले भौतिक पूर्वाधार विकास समिति तर्फ २३ करोड (४९.७ प्रतिशत), आर्थिक विकास समिति तर्फ रु १ करोड १९ लाख ५ हजार ४.७ प्रतिशत), सामाजिक विकास समिति तर्फ रु ७ करोड ३० लाख (१५.८ प्रतिशत), बन बतावरण तथा विपद् ब्यवस्थापन समिति तर्फ रु १ करोड ४६ लाख ६८ हजार ( ३.२ प्रतिशत) बजेट नगरपालिकाका उप प्रमुख मीरा थारुले सार्वजनिक गरिन ।
कार्यक्रममा उत्पादकत्व अभिवृद्धि गर्ने, आन्तरिक रोजगारी प्रवद्र्धन र श्रमको सम्मानमा जोड दिने महत्वपुर्ण योजना सार्वजनिक गरिएको हो । त्यस्तै विपदको सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिने, सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति दिलाउने, सुशासन अभिवृद्धि गर्ने र समन्वय तथा साझेदारी प्रवद्र्धन गर्ने उद्देश्य सहित नीति तथा कार्यक्रम सार्वजनिक भएका छन् ।
नगर सभाले तिन वटा विधेक समेत पारित गरेको छ। बुद्धभूमि नगरपालिकाको विनियोजन ऐन २०८०, बुद्धभूमि नगरपालिकाको आर्थिक ऐन २०८०, बुद्धभूमि नगरपालिकाको दररेट ऐन २०८० नगर सभाबाट पारित भएको हो।






