मुख्यमन्त्री चौधरीले आफ्नै थारु संग्रहालयमा छुट्याए करोडौं बजेट

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बर्षेनी राज्यको कोष दोहन गर्दै आएका छन् । विगतमा पनि राज्यबाट अरबौं बजेट लिएर दंगीशरण गाउँपालिका ३, दाङ स्थित थारु संग्राहलयलाई हराभरा बनाएका चौधरीले यस पटक पनि करोडौं बजेट कुम्लाएका छन् ।

उनले चखौरामा बिभिन्न ४ वटा शीर्षकमा एक करोड ६० लाख बजेट लिएका छन् । थारु संग्रहालय पार्क निर्माणकालागि ५० लाख, मुर्ती निर्माण तथा खरिद गर्न ५० लाख, बनिरहेको माथिल्लो तलामा थारु घर विश्राम निर्माण भनेर ३० लाख रुपैँया छुट्याएका छन् ।

त्यस्तै तुलसीपुर भित्रका महिलाहरुलाई आयबृद्धि तालिम दिनकालागि भनेर थारु संस्कृतिक संरक्षण केन्द्रलाई ३० लाख बजेट बिनियोजन गरेका छन् । केन्द्र पनि चखौरा थारु संग्रहालय सञ्चालन गरिरहेको संस्था हो ।

चखौरामा सोही बजेट गइरहदा थारु समुदायको एतिहासिक ठाँउ सुकौरामा भने न्यून बजेट गएको छ । गुरुयोजना अनुसार संरचना निर्माण गर्न भनेर दुई वटा शीर्षकमा ५० लाख मात्रै बजेट गएको छ । यो अनुसार यस पटक पनि सुकौरालाई अन्याय भएको छ । चखौरा हराभर हुँदा सुकौरा सुक्खा छ ।

चखौरामा रहेको संग्राहलयमा प्रवेशका लागि मात्रै ५० रुपैँया तिर्नुपर्छ । त्यहाँ दैनिक सातसयको हाराहारीले अवलोकन गर्ने गर्छन् । त्यो सबै आम्दानी संग्राहलयले नै राख्छ ।

त्यसको न आम्दानी संग्रहालयले हाल्ने तर, राज्यले बर्षेनी करोडौं लगानी गरिरहेको छ । संग्रहालय सञ्चालन गरिएको जग्गा ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को नाममा रहेको छ । चौधरी बेसको अध्यक्ष हुन् ।

राज्यको लगानीमा व्यक्तिले मूनाफा गर्ने कार्य गलत : काँग्रेस नेता खड्का
नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ का संघीय सभापति जगत बहादुर खडकाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट पश्चिम दाङबासीले विकासको आशा गर्न नसकिने बताए ।

साविक राप्तीको पाँच वटा जिल्लालाई पाइक पर्ने टरिगाउँमा रहेको दाङ एयरपोर्टमा सून्य बजेट र व्यक्तिगत मूनाफा आर्जन गर्न सकिने चखौरामा रहेको संग्रहालयमा करोडौ बजेट छुट्याउनुले त्यो कुरालाई पुष्टि गरेको उनले बताए ।

चौधरीकै कारण थारु समुदायको एतिहासिक महत्व बोकेको सुकौरामा रहेको दंगीशरण राजाको दरबार भने ओझेलमा परेको सभापति खडकाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

पर्सामा पनि हटाइयो निषेधाज्ञा