लकडाउनमा घर हिँडेका श्रमिकको बारामा गाडी दुर्घटना

सिमरा । लकडाउनका समयमा घर फर्केका श्रमिकहरु सवारी दुर्घटनामा परेका छन् । लमजुङबाट जिप रिजर्भगरि सप्तरीस्थित घर हिँडेका कामदार सवार जिप बारामा दुर्घटना भएपछी उनिहरु अस्पतालमा अलपत्र परेका छन् ।

निर्माणाधिन मध्येपहाडी लोकमार्गको काम ‘लकडाउन’ले प्रभाबित बनेपछी त्यहाँ कार्यरत सप्तरी, राजबिराजका ११ कामदारलाई ठेकेदार कम्पनीले जिप रिजर्भ गरी घर पठाएको थियो ।

प्रशासनको अनुमतीमा लमजुङबाट ११ कामदार बोकर छुटेको ग ३ च ३८८ नम्बरको बोलेरो जिप आईतबार बाराको आधाभार क्षेत्रमा दुर्घटना भएको होे । दुर्घटनामा घाईते भएका सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भैरहेको छ । सामान्य चोटपटक लागेका उनिहरुको उपचार सम्पन्न भएपनी उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा अस्पतालमै अलपत्र परेका हुन् ।

उपचार खर्च तिर्ने पैसा आफुहरुसँग नभएका कारण औषधी उपचारपछी पनि घर जान नपाएको राजबिराज, हनुमान नगरका ओम प्रकास रायको गुनासो छ । अस्पतालमा करिब ७० हजार खर्च भएको छ । उपचार खर्च चुक्ता गरिदिन सवारी धनीलाई सम्पर्क गरी आग्रह गरेको भएपनि लकडाउनको कारण देखाउँदै तत्काल सम्भव नहुने जवाफ पाएको उनीहरुको भनाई छ।

अस्पतालमै रहँदा खाने खर्च समेत आफुहरुसँग नभएको उनले गुनासो गरे । उनीहरुले साथीहरुसँग भएको केही पैसाले बिहान चिउरा र चाउचाउ खाएर बसेको भएपनि साँझका लागि बिकल्प नभएको बताएका छन् ।

यता ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गेरेले सवारी धनी उपस्थीत भएर उपचार खर्च जिम्मा लिएको खण्डमा मात्रै उनिहरुलाई घर पठाउने ब्यवस्था गर्न सकिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ