काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला र भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष छन् । दुबै जनाको सोमबार मृत्यु भएको हो ।
मृतक महिलालाई निमोनिया र पुरुषलाई ज्वरो आएपछि अस्पताल ल्याइएको थियो ।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)






