कांग्रेसको निर्णय : सुन तस्करीको छानबिन सीआईबीबाटै

काठमाडौं। प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

प्रमुख प्रतिपक्षी एमालेसहितका केही दलले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले भने सीआईबीबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

संसदीय दल बैठकले सीआईबीलगायतका सरकारी निकायले छानबिन गरिरहेकाले यसलाई पारदर्शी, गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पु¥याउनुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । साथै बैठकले अवरुद्ध संसद नियमित गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

आईसीसी विश्वकप लिग–२ क्रिकेट : नेपालद्वारा यूएईलाई २०१ रनको लक्ष्य