जनमतको ‘जनमत संग्रह’ मा मन्त्री यादवलाई ९२ प्रतिशत मत

राजविराज । पार्टीबाट स्थानीय तहमा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मुल्याङ्कन एक साताअघि (एफ्रुभल रेटिङ) निर्वाचनको माधयमबाट गरेको जनमत पार्टीले शनिबार यस्तै प्रयोग पार्टीबाट निर्वाचित प्रदेश सांसदका लागि पनि गरेको छ ।

पार्टी भित्रको आन्तरिक (एफ्रुभल रेटिङ) जनमत संग्रहका रुपमा मान्दै सप्तरीको प्रत्यक्षतर्फ जितेका ४ र समानुपातितर्फका २ गरि ६ प्रदेशसभा सदस्यको कार्यशैली मुल्याङ्कनका लागि निर्वाचन गरिएको निर्वाचन अधिकृत शिवनन्दन मेहताले बताए ।

मतपत्रको एउटा कोठामा “तपाईको क्षेत्रका प्रदेश सभा सदस्यको काम सन्तोषजनक छ ? र अर्को कोठामा सन्तोषजनक छैन” भनी लेखिएको थियो । ती मध्ये एउटा रोजेर स्वस्तिक चिन्ह लगाउन मतदातालाई भनिएको थियो ।

जिल्लाको प्रदेशसभा क्षेत्र नं. १ को २, प्रदेशसभा २ को १ र २, प्रदेशसभा क्षेत्र ३ को १ तथा समानुपातिकतर्फका दुई गरि ६ प्रदेशसभा सदस्यका लागि यस्तो निर्वाचन एकै पटक गरिएको जनमतका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए । उनका अनुसार जनमत पार्टीले प्रदेशसभा १ को २, २ को १ र २ तथा ३ को १ गरि चार वटा प्रत्यक्षतर्फ प्रदेश सांसद जनमत पार्टीले जितेको छ । त्यस्तौ दुई जना समानुपातिक तर्फका प्रदेश सासंद जनमत पार्टीको रहेका छन् ।

ती सबै प्रदेशसभा सदस्यका लागि २०८० बैशाख भित्र पार्टीको क्रियाशिल सदस्यता लिएका अगुवा कार्यकर्ताले मतदान गरेको उनले जानकारी दिए । शनिबार साँझ नै मतगणना पनि सुरु भएको र प्रदेशसभा सदस्य २ को १ र २ को नतिजा समेत सार्वजनिक गरिएको छ ।

निर्वाचन अधिकृत मेहताका अनुसार प्रदेशसभा २ को १ बाट निर्वाचित प्रदेश सांसद सतिशकुमार सिंहले ८० प्रतिशत मत प्राप्त गरेका छन् भने प्रदेशसभा २ को २ बाट निर्वाचित मधेश प्रदेशका शिक्षा तथा सामाज कल्याण मन्त्रीसमेत रहेका महेश प्रसाद यादवले ९२ प्रतिशत मत प्राप्त गरेका छन् । अन्य क्षेत्रको मतगणना भने जारि रहेको उनले जनाए ।

उनका अनुसार जनताको मतबाट जितेका प्रदेश सांसद जनताप्रति उत्तरदायित्व बन्नुन् भन्ने उद्देश्यका साथ पहिलो पटक यस्तो प्रयोग गरिएको हो । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री समेत रहेका प्रदेशसभा सदस्य महेशप्रसाद यादवले यस्तो निर्वाचनले प्रदेश सांसद तथा मन्त्रीहरुलाई थप जिम्मेवार बनाउने र पार्टीको आन्तरिक प्रजातन्त्र पनि बलियो बनाउन मद्दत पु¥याउने विश्वास ब्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन