शीर्ष नेताहरूको बैठक आज नबस्ने

काठमाडौँ । संसद् खुलाउने विषयमा बस्ने भनिएको शीर्ष नेताहरूको बैठक मङ्गलवार नबस्ने भएको छ ।

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन र संसद्को अवरोध खुलाउने विषयमा मङ्गलवार दिउँसो तीन दलका शीर्ष नेताहरू बसेर टुङ्ग्याउने तयारी थियो । तर मङ्गलवार समय अभावका कारण शीर्ष नेताहरूको बैठक नबस्ने अवस्था बनेको एक नेताले जानकारी दिए ।

उच्चस्तरीय आयोग गठनको विषयमा दलहरूबीच सहमति नभएपछि अब प्रतिनिधि सभाको मङ्गलवारको बैठक पनि स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब एक महिनादेखि संसद् अवरुद्ध पार्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ