लहान । सिरहाको लहान नगरपालिका–५ गुद्री बजारको किराना, चामल र हार्डवेयरको पसलमा आगलागी हुँदा २० लाख बढीको क्षति भएको छ । मंगलबार बिहान करिब २ बजे लखन सहनीको चामल र किराना पसल गरि २ वटा पसल, रामचन्द्र गुप्ताको मसला तथा किराना पसल गरी २ वटा पसल, मनोज गुप्ताको १ वटा किराना पसल र लालबाबु दासको हार्डवेयर पसलमा अचानक आगलागी हुँदा पसलभित्र रहेका चामल, मरमसला, दैनिक उपभोग्य किरानाका सामानहरु, हार्डवेयरका सामनहरु र रामचन्द्र गुप्ताले आफ्नो पसलमा राखेको अन–टेस्ट टिभीएस अपाचे मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नष्ट हुँदा करिब २० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन् ।
लहान नगरपालिकाको वारुणयन्त्र, स्थानीय, इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीको कमान्डमा खटिएको प्रहरी टोली, सशस्त्र वेस क्याम्प लहानका डिएसपी अर्जुन सापकोटाको कमान्डमा खटिएका प्रहरी टोलीको सहयोगमा आगो नियन्त्रणमा आएको लहान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीले जानकारी दिए । स्थानीयका अनुसार आगलागी पुजा गर्न बालिएको (धुप) अगरवत्तीबाट भएको भनिए पनि यस’bout थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लहानले जनाएको छ ।






