कपिलवस्तु । क्वेस्ट नेपाल लुम्बिनी हबको आयोजनामा कपिलवस्तुमा विद्यार्थी गुणीय चक्र (एसक्युसी) अन्तर्गतको ८ औं सम्मेलन हुने भएको छ । यही भदौ २२ र २३ गते कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलमा कार्यक्रम आयोजना हुने भएको छ ।
विद्यार्थीहरुको शैक्षिक महोत्सवको रुपमा रहेको एसक्युसी कपिलवस्तुका १३ र अन्य जिल्लाका ८ गरि २१ विद्यालयका विधार्थीहरु समावेश हुने छन् । उक्त प्रतियोगितामा करिव ५ सय १० विद्यार्थीहरुले भाग लिने आयोजकले जनाएको छ । १३ विद्यालय क्वेस्ट नेपालका सदस्य मध्येबाट उपस्थित हुने अन्य ८ विद्यालयका विद्यार्थीहरु पर्यवेक्षकको रुपमा सहभागी हुने क्वेस्ट नेपाल लुम्बिनी हवका अध्यक्ष मिलन भण्डारीले जानकारी दिए ।
एसक्युसीअन्र्तरगत विद्यार्थीहरुको स–साना समुह बनाई जसले विद्यार्थीका समस्या छनौट गरी समस्याका कारण पत्ता लगाई समुहमा मिलेर समाधानका उपाएहरु पहिल्याउने र आफै एवं अरुको सहयोगमा ती समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने कोर्डिनेटर भण्डारीले जानकारी दिए ।
विगतको तुलनामा यसपटक २ दिने वृहत सम्मेलन गर्न लागिएको छ भने सम्पूर्ण विधा समापन गर्ने जिम्मेवारी पनि विद्यार्थीहरुलाई दिइएको आयोजकले जनाएका छन् ।






