महाकाली नदीमा मछुवाराको जालमा मान्छेको शब

बैतडी । पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका एक युवक ६ दिनपछि जिहो मंगलवार मृत अवस्थामा फेला परेका छन् । बिहीवार दशरथचन्द नगरपालिका–१० बुड्डाका २२ बर्षीय सौरभ चन्द नन्तडी भन्ने स्थानवाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

साथीहरुसँग पिकनिक गएका बेला महाकाली नदीमा पौडी खेल्न गएका र पौडी खेल्ने क्रममा युवक बगेर बेपत्ता भएका हुन् । सौरभको शव बगेको स्थानभन्दा ३ किलोमिटर तल तडीगाउँ भन्ने स्थानमा फेला परेको स्थानीय उत्तम चन्दले जानकारी दिए । भारतीय नागरिक दीपक चन्दले माछा मार्ने क्रममा उनको जालमा सौरभको शव परेको उनले बताए ।

यसअघि बेपत्ता सौरभको खोजीका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि परिचालन गरिएको भएपनि फेला पर्न सकेको थिएन् । उनको अन्तिम दाहसंस्कार पनि मंगलवार नै गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य