बिषादी परिक्षणमा कडाइ गर्न मन्त्री भुसालको निर्देशन

झापा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले झापा स्थित विभिन्न कार्यालयको अनुगमन एंव निरीक्षण गरेका छन् ।

झापा कांकडभिट्टा स्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, पशु क्वारेन्टाइन र प्लान्ट क्वारेन्टाइन कार्यालयको मन्त्री भुसालले आज अनुगमन एंव निरीक्षण गरेका हुन ।

मन्त्री भुसालका स्वकीय सचीव सुशील भट्टराईका अनुसार यी विभिन्न कार्यालयको अनुगमन एंव निरीक्षण गर्दै मन्त्री भुसालले अबैध खाद्य एंव बस्तुको आयातमा कडाइ गर्न निर्देशन दिए ।

यी कार्यालयहरुबाट हुने आयात निर्यातको ’boutमा जानकारी लिदै मन्त्री भुसालले बिषादी परिक्षण बिना कुनै पनि खाद्य बस्तु आयात नगर्न कडा निर्देशन दिए ।

अबैध समान एंव बस्तु आयातमा कडाइ गर्न निर्देशन दिदै मन्त्री भुसालले कमजोरी गर्ने, ढिलासुस्ती गर्ने, मनोमानी गर्ने, नियम र कानुन अनुसार काम नगर्ने कर्मचारीलाई कानुन अनुसार कारवाही हुने कडा निर्देशन समेत दिए ।

बिषादी परिक्षणमा जसरी पनि कडाइ गर्नु पर्ने बताउदै उनले अबैध समान एंव बस्तुको आयातमा रोक लगाउनु पर्ने बताए ।

अनुगमन एंव निरीक्षण गर्दै मन्त्री भुसालले उक्त कार्यालयहरुबाट अहिले सम्म भएका काम कारवाही’bout जानकारी समेत लिएका छन् ।

अपुग स्रोत साधनको तत्काल पूर्ती गरी पशुपन्छीको क्षेत्रको कामलाई अगाडी बढाउनुपर्नेमा मन्त्री भुसालले जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान